खेलाडीलाई पूर्व घोषित पुरस्कार हस्तान्तरण

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौँ बैशाख १९

सरकारले अन्तराष्ट्रिय प्रतियोगितामा उपाधि जितेका खेलाडीलाई पूर्व घोषित पुरस्कार हस्तान्तरण गरेको छ ।बिहिबार युवा तथा खेलकुद मन्त्रालयले नेपाली फुटबल, क्रिकेट र शारिरिक सुगठनका खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।

दक्षिण एसियाली फुटबल प्रतियोगिता सागमा स्वर्ण जितेको पुरुष फुटबल टिमका सदस्यलाई बाँकी रहेको पुरस्कार रकम हस्तान्तरण गरेको छ । सरकारले स्वर्ण विजेता खेलाडीलाई जनही ५ लाख दिने निर्णय गरेको थियो । तर सरकारले खेलाडीलाई दुई लाख दिएर बाँकी तीन लाख रुपैयाँ बाँकी राखेको थियो।

प्रतियोगिता जितेको झण्डै तीन बर्षपछि सागका स्वर्णधारी फुटबलरले तीन लाख रुपैयाँ प्राप्त गरेका छन् । यसैगरी एक दिवसीय मान्यता पाएपछि नेपाली क्रिकेट टिमले हालै यूएईविरुद्धको सिरिज जितेपछि घोषणा गरेको ५ लाख रुपैयाँ पनि चार महिनापछि हस्तान्तरण गरेको हो ।

यसैगरी शारिरीक सुगठन प्रतियोगितामा स्वर्ण पदक जितेका महेश्वर महर्जनलाई पनि नगद ५लाख प्रदान दिएको छ । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सरकारले खेलमैत्री वातावरण बनाउने आश्वास दिए। उनले हिजो पूर्वाधार नहुदा पनि खेलाडीले उत्कृष्ठ प्रदर्शन गरेको भन्दै अव भने पूर्वाधारदेखि हरेक क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्ने धारणा राखे।

त्यस्तै सरकारबाट पुरस्कृत भएपछि बोल्दै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले सरकारले क्रिकेट विवाद समाधान गर्नु पर्ने बताए। त्यस्तै महेश्वर महर्जनले सरकारबाट पुरस्कृत हुन पाउँदा खुसी भएको बताए।

त्यस्तै पुरस्कार लिदै फुटबलर बिकेश कुथुले खेल र खेलाडीका लागि सरकारले दिने सम्मानले हौसला प्रदान गर्ने बताए। कार्यक्रममा सबै खेलाडी भने उपस्थित थिएनन् । फुटबलका अधिकांस खेलाडी बिभिन्न प्रतियोगितामा ब्यस्त रहेकाले र क्रिकेटका खेलाडी कर्णाली प्रिमियर लिगका लागि सुर्खेतमा रहेका कारण केहि खेलाडीमात्र सम्मानमा पुगेका थिए ।