ओडिसाको चक्रवातबाट नेपाल पनि प्रभावित हुँदै

दुई दिनसम्म पूर्वी पहाडी भेगमा हेलिकप्टर उडान नगर्न गृहको आग्रह

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख २०

भारतको ओडिसाको समुन्द्री तटमा आएको विनाशकारी चक्रवातको प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावनालाई ख्याल गर्दै सरकारले आम सर्वसाधारणमा सतर्कता अपनाउन आग्रह गरेको छ।

गृहमन्त्रालय अन्तरगत नेशनल इमरजेन्सी अपरेसन सेन्टरले उक्त चक्रवातको कारण नेपालको पूर्बी हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने हुँदा सो क्षेत्रमा अहिले देखिनै भोलि शनिबरसम्म हेलिकप्टर उडान नगर्नु नगराउन र पर्यटक एवं यात्रुहरूले सुरक्षित स्थानमा रहनु हुन अनुरोध गरेको हाे।

अहिले भारतको पूर्वीतटिय क्षेत्र ओडिसामा १७५ किलोमिटर प्रतिघण्टाको गतिले हावा हुरी चलिरहेको भारतीय संचारमाध्यमहरुले बताएका छन्।

फानी नामको चक्रवातले गति विस्तारै २०० किलोमिटर प्रतिघण्टा गति लिन सक्ने अनुमान गर्दै भारतीय सरकारले उक्त क्षेत्रका झण्डै ८ देखि १० लाख सर्वसाधारणलाई तीन हजार भन्दा बढि सुरक्षित सेन्टरमा स्थानान्तरण गरिसकेको छ।

भारतको ओडिसाको समुन्द्री तटमा आएको विनाशकारी चक्रवात

अहिले भारतको पूर्वीतटिय क्षेत्र ओडिसामा १७५ किलोमिटर प्रतिघण्टाको गतिले हावा हुरी चलिरहेको

Posted by Himal Dainik on Thursday, May 2, 2019

ओडिसाबाट बंगालको खाडी हुँदै बंगलादेशमा पनि फानीले प्रभाव पार्ने भारतीय संचार माध्यमले जनाएका छन्।

उक्त चक्रवातको प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावनालाई ध्यानमा राखी मौसम विज्ञान अनुसन्धान शाखाले नेपालका पूर्वी पहाडी भेगदेखि तराईका भुभाग हुँदै पश्चिमसम्म सतर्क रहन आग्रह गरेको हो।

अहिले काठमाडौं उपत्यकामा हावा हुरीको प्रभावसँगै मेघ गर्जन सुरु भएको छ। शुक्रबार मध्याह्नपछि नेपालको पूर्वी र मध्य भागमा फानीका कारण मेघगर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ। साथै हावाहुरी र चट्याङको अनुमान पनि महाशाखाको छ।