Phone: +977 - 9841338823
Connect with us:

टेष्ट खेल्ने दुई राष्ट्रलाई उछिन्दै आइसिसी वरियतामा नेपाल ११औं स्थानमा

हिमाल दैनिक
काठमाडौं, वैशाख २०
टेष्ट खेल्ने दुई राष्ट्रलाई उछिन्दै आइसिसी वरियतामा नेपाल ११औं स्थानमा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसिसी) वरियतामा नेपालले उल्लेख्य सुधार गरेको छ।

एक दिवसीय र २०–ट्वान्टीको मान्यता पाएको एक वर्षमै स्कटल्याण्ड, आयरल्याण्ड र जिम्वावेलाई पछि पार्दै एघारौँ स्थानमा उक्लिएको हो।

आइसिसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले टेष्ट म्याच खेल्ने दुइसहित तीन राष्ट्रलाई पछि पार्दै ११ औंँ स्थानमा पुगेको हो। यसअघि नेपाल १४औँ स्थानमा थियो।

टी ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान छ भने दोस्रो स्थानमा दक्षिण अफ्रिका, तेस्रोमा इङ्ग्ल्याण्ड, चौँथोमा अष्ट्रेलिया र पाँचौँ स्थानमा भारत रहेको छ।

त्यसैगरी छैटौँमा न्यूजील्याण्ड, सातौँमा अफगानिस्तान, आठौँमा श्रीलङ्का, नवौँमा वेष्ट इण्डिज, दशौँमा बङ्गलादेश रहेका छन्।
नेपाल भन्दा पछि बाह्रौँमा स्कटल्याण्ड, तेह्रौँमा जिम्बाबे, चौधौँमा नेदरल्याण्डस, पन्ध्रौँमा आयरल्याण्ड र सोह्रौँ स्थानमा संयुक्त अरब इमिरेट्स छन्।

नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको टी ट्वान्टी सिरिजमा २–१ को जित निकालेको थियो। त्यस्तै नेपाल एक दिवसीय वरियतामा भने १४औँ स्थानमा यथावत छ।

ICC Twenty20 Rankings

03 May 2019
Team Matches Points Rating
Pakistan 25 7154 286
South Africa 16 4196 262
England 15 3917 261
Australia 21 5471 261
India 28 7273 260
New Zealand 16 4056 254
Afghanistan 16 3849 241
Sri Lanka 18 4093 227
West Indies 21 4747 226
Bangladesh 16 3525 220
Nepal 8 1698 212
Scotland 11 2185 199
Zimbabwe 9 1730 192
Netherlands 9 1686 187
Ireland 19 3455 182
UAE 14 2527 181
03/05/2019, 03: 21: 50 मा प्रकाशित
40 पटक पढीएको

राजनीति

सँधै जसो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन वा सार्वजनिक सभामा पत्रकारहरुलाई हप्की दप्की लगाउँदै बोल्ने बानी परेका संचार तथा सूचना प्रविधि मन्त्री गोेकुल बाँस्कोटाले आइतबार आफ्नै पार्टी मुख्यालयमा आफ्नै दलका नेता र पत्रकारको खप्की खान बाध्य भए। संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता र स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने उद्देश्यले संघीय संसदमा मिडिया काउन्सिल विधेयक दर्ता गरेर चौतर्फी आलोचनाको […]

बिचार

नेपाली कांग्रेस देशको एउटा पुरानो ऐतिहासिक पार्टी हो। २०७४ को आम चुनावमा कांग्रेस पराजित भयो। एउटा चुनावमा पराजित हुँदैमा कांग्रेस हतास हुने कुरै थिएन। तरपनि किन हो कुन्नी कांग्रेसको पंक्तिमा एकप्रकारको निरासा र हतासा देखियो। तर, अहिले आएर सुस्तरी र क्रमिकरुपले त्यो हतासा र निराशा निर्मूल हुँदै गएको छ। हालै नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले राष्ट्रिय […]

प्रवास

म्यान्मारको यात्रुबहाक जहाज अगाडिको ल्याण्डीङ गियरवीनै आइतबार सुरक्षित रुपमा अवतरण भएपछि विश्वभरी चर्चाको विषय बनेको छ। म्यान्मारको राष्ट्रिय ध्वजाबहाक युबि १०३ नम्बरको विमान आइतबार बिहान स्थानीय समय अनुसार ९ः०९ बजे अवतरणको क्रममा अगाडिको ल्याण्डिङ गियरले काम गर्न छोड्दा पनि पछाडिको पाँग्राको भरमा मण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा चमत्कारपूर्ण ढंगले अवतरण गरेको थियो। विमान अवतरणका क्रममा धानवमार्गमा धस्सिएर […]

अन्तर्वार्ता

डाउन सिन्ड्रोम भएको बच्चा जन्माएकी पूर्व सभासद गायत्री साह र ललितपुरस्थित मेडिसिटी अस्पतालबीच उत्पन्न विवादपछि चिकित्सा क्षेत्रमा नयाँ बसह सुरु भएको छ। फागुन २८ गते मेडिसिटी अस्पतालमा बच्चा जन्माएकी साहको शिशुमा डाउन सिन्ड्रोमको लक्षण देखिएको थियो। अस्पतालले गर्भावस्थामा आवश्यक चेकजाँच र परिक्षण नगरीदिएको कारण डाउन सिन्ड्रोम भएको बच्चा जन्मिएको अरोप साहले लगाउँदै आएकी छिन्। उनले […]

लोकप्रिय

नेपाली कांग्रेस देशको एउटा पुरानो ऐतिहासिक पार्टी हो। २०७४ को आम चुनावमा कांग्रेस पराजित भयो। एउटा चुनावमा पराजित हुँदैमा कांग्रेस हतास हुने कुरै थिएन। तरपनि किन हो कुन्नी कांग्रेसको पंक्तिमा एकप्रकारको निरासा र हतासा देखियो। तर, अहिले आएर सुस्तरी र क्रमिकरुपले त्यो हतासा र निराशा निर्मूल हुँदै गएको छ। हालै नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले राष्ट्रिय […]