लोकतन्त्रमा पनि सिंहदरबारलाई निरंकुशताको प्रतिक बनाउने काम भयोः ठाकुर

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख २३

राष्ट्रिय जनता पार्टी नेपालको नेता महन्थ ठाकुरले पहिले जस्तै अहिले राज्य निरंकुश हुँदै सिंहदरबारलाई निरंकुशताको प्रतिकका रुपमा स्थापित गरिएको आरोप लगाएका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा जारी छलफलमा सहभागी हुँदै राजपा नेता ठाकुरले अहिले पनि सबै अधिकार प्रधानमन्त्रीले एकत्रित गरेर निरंकुशताको अभ्यास गरिरहेको आरोप लगाए।

नीति तथा कार्यक्रमलाई पुरानै परम्पराको निरन्तरताबाहेक केहि नभएको उलने दाबी गरे।

उनले संविधान सर्वस्वीकार्य भइसकेको भन्ने सरकारी दाबीको खण्डन गर्दै अहिले पनि संविधानप्रति जनताको असहमति रहेको भन्दै अहिले पनि लोकतन्त्रको अबमूल्यन भइरहेको आरोप लगाए।

आफ्नो पार्टीबाट चुनाव जितेका रेशम चौधरीलाई जनताले जिताएपनि अदालतको आडमा जेलमा राखिएको भन्दै अदालत जनताले बनाएको संविधान र कानुनका आधारमा भएको भन्दै त्यसले जनताको भावना विपरित जान नमिल्ने बताए।

कन्चनपुरकी निर्मला पन्तको पक्षमा न्याय माग्दा गोली चलेको बताउँदै लोकतन्त्रमा पनि न्याय माग्दा गोली खानु परेको र जनताले अहिले पनि अधिकार नपाएको बताए।

देश संघीयतामा गएपनि अहिलेसम्म प्रदेश र संघले अधिकार नपाएको र कागजी परिवर्तन भएपनि व्यवहारमा कुनै परिवर्तन नभएको आरोप पनि लगाए।

नागरिकताको सम्बन्धमा भारतीयहरुको लाइन लागिरहेको छ भनिन्छ भन्दै प्रश्न गरे, ‘लाइनमा त भारतीय होलान् तर, दिने को छ? के त्यहाँ पनि भारतीयहरु छन्? गृहमन्त्रालयमा पनि भारतीय छन्?’

उनले पहाडमा जन्मिएकाले नेपाली भन्ने सौभाग्य पाएजस्तै मधेसमा जन्मिएकोले किन नेपाली भन्न पाएको छैन भनि विदेभ जारी भएको बताए।

ड्रेस हेरेर, भाषा हेरेर को स्वदेशी को विदेशी भन्ने विभेद भइरहेको भन्दै ठाकुरले आक्रोस व्यक्त गरे। उनले कुन भाषा राष्ट्रभाषा र कुन भाषा विदेशी हाे संविधानमा देखाउन चुनाैति दिए।