कोटेश्वरमा शंकास्पद वस्तु फेला, बम डिस्पाेजल टोली खटियो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख २३

काठमाडौंको कोटेश्वरमा सोमबार साँझ शंकास्पद वस्तु फेला परेको छ। कोटेश्वर चोक नजिकै ट्राफिक प्रहरी बिटको पूर्वपट्टी शंकास्पद झोला भेटिएपछि प्रहरीले बम राखेको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ।

नयाँ बानेश्वरका डीएसपी गोविन्द काफ्लेका अनुसार शंकास्पद वस्तु भेटिएको र त्यसको पहिचान गर्ने काम भइरहेको जानकारी दिए।

उनले एउटा शंकास्पद ब्याग भेटिएको र त्यसको पहिचान गर्ने काम भइरहेको जानकारी दिँदै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको बताए।

शंकास्पद वस्तु भेटिएपछि कोटेश्वर भएर चल्ने सवारी साधनको लामो जाम भएको छ।

ट्राफिक प्रहरीले कोटेश्वर चोक हुँदै चल्ने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।

(फाइल फाेटाे)