राष्ट्रपतिले मेरो सरकार भनेकोमा विरोध गर्नुको औचित्य छैनः प्रम ओली

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख २३

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पेश गर्दा राष्ट्रपतिले प्रयोग गरेको मेरोे सरकारको पदावलीको विरोध गर्नुको कुनै औचित्य नभएको दाबी गरेका छन्।

सोमबार सिंहदरबारमा गृहमन्त्रालयले आयोजना गरेको गणतन्त्र दिवस–२०७६ मूल समारोह समिति बैठकलाई सम्बोधन गर्दै उनले सरकारको लेखाइमा भएको संविधान विपरितको त्रुटिलाई ढाकछोप गर्न यस्तो तर्क गरेका हुन्।

उनले राज्यको सर्वोच्च अंगमा बसेको व्यक्तिले मेरो सरकार भन्नु स्वभाविक भएको स्पष्टिकरण पनि दिए।

उनले जनताबाट निर्वाचीत निकायहरुको विरोध गर्नु आवश्यक नरहेको तर्क पनि गरे।

गणतन्त्र भनेको लोकतन्त्रको वास्तविक स्वरुप भएको भन्दै यसको महशुस जनताले गरेको उनले बताए।

प्रधानमन्त्री ओलीले नेपालमा २००७ सालभन्दा अघिदेखि नै गणतन्त्रका लागि संघर्ष भएको बताए।

कुनैबेला राजा बन्न पनि गणतान्त्रिक अभ्यास हुने गरेको स्मरण गर्दै ओलीले पछिका शासकले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त ल्याएर गणतान्त्रिक मान्यता तोडेको प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसका अवसरमा देशलाई अग्रगामी बाटो तर्फ लैजाने गरी बहस हुनु पर्ने बताए।

प्रधानमन्त्री ओलीले भव्य रुपमा गणतन्त्र दिवस बनाउन आग्रह पनि गरे। बैठकले जेठ १५ को गणतन्त्र दिवस बनाउन बिभिन्न समितिहरु पनि गठन गरेको छ।