सभामुख महरा आज पनि चिप्लिए

सरकारको नीति तथा कार्यक्रम २०४६ वैशाख २० गते पेश भएको भने

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख २४

सरकारको नीति तथा कार्यक्रम पारित गर्नेक्रममा आज पनि चिप्लिएका छन्।

विपक्षी दलको विरोधका बाबजूद पनि प्रक्रिया अघि बढाएका सभामुख कृष्णबहादुर महराले सरकारको नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्ने क्रममा राष्ट्रपतिले यदि २०४६ वैशाख २० गते संयुक्त संसदमा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे।

यसअघि सरकारले पेश गरेको चिकित्सा शिक्षा विधेयक पारित गर्दा पनि यसरी नै चिप्लिएर हुन्न भन्ने सदस्यको बहुमत भएकोले विधेयक पारित भएको घोषणा गरेका थिए।

त्यसका साथै उनले सरकारकाे वार्षिक बजेटमाथिकाे पूर्व छलफलका लागि वैशाख २७ गते भन्ने क्रममा २०४६ साल भनि उच्चारण गरेका थिए।