प्रधानमन्त्रीसँग डराएर सभामुखले सन्तुलित भूमिका निभाउन सकेनन्ः गगन थापा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख २४

नेपाली कांग्रेसका सांसद गगन थापाले सभामुख कृष्णबहादुर महराको भूमिका सन्तुलीत नभएको आरोप लगाएका छन्।

मंगलबार संसद भवन नयाबानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले प्रतिपक्षीले सदनमा आवाज उठाइरहँदा पनि सभामुखले प्रधानमन्त्रीलाई बोल्न समय दिएर सदनको कारबाही अघि बढाएकोमा आलोचना गर्दै महराको भूमिकाप्रपि प्रश्नचिन्ह उठाएका हुन्।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउँदा सन्तुलन गुमाएका महराले पछिल्लो पटक मंगलबार पनि विपक्षीको अवरोधकाबीच सदन चलाएपछि उनले फेरि एक पटक संसदको सभामुखले जिम्मेवारी निर्वाह गर्न नसकेको दाबी गरे।

सभामुख प्रधानमन्त्रीसँग डराएको जस्तो र आफ्नो अधिकार प्रयोग गर्न नसकेको जस्तो देखिएको थापाले बताए।
उनले सदनको मंगलबारको घटनाले सरकार थप अनुदार हुँदै गएको स्पष्ट सन्देश दिएको पनि बताए।

थापाले आफूहरु अवरोधकै बीच नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियामा सहभागी भएको जानकारी पनि दिए।

विपक्षी दलका सदस्यहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले प्रयोग गरेका पदावलीको विरोधमा विपक्षी दलले सच्याउन माग गर्दा पनि सभामुख महराले आफ्नो ध्यानाकर्षण मात्रै भएको भन्दै सदनको कारबाही अघि बढाएका थिए।

थापाले लगाएको आरोपलाई पुष्टि हुनेगरी सभामुख महराले नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गरेपछि बहुमतले पारित भएको नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले २०४६ साल वैशाख २० गते शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका थिए।

त्यतिमात्र होइन, सरकारको आगामी वार्षिक बजेटमाथि पूर्वछलफलका लागि वैशाख २७ गते भन्ने क्रममा उनले पुनः २०४६ साल वैशाख २७ गते बिहान ११ बजेदेखि छलफल हुने बताएपछि महरा सदनको कारबाही संचालन गर्ने क्रममा हडबढाएको र आत्तिएको स्पष्ट संकेत देखिन्थ्यो।

https://www.facebook.com/himaldainik/videos/2435710609990723/?t=17