Phone: +977 - 9841338823
Connect with us:

भ्याएसम्म पपुलिष्ट बजेट ल्याउने तयारीमा सरकार

हिमाल दैनिक
काठमाडौं, वैशाख २५
भ्याएसम्म पपुलिष्ट बजेट ल्याउने तयारीमा सरकार

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक बर्षको बजेटमा समावेश गरिनुपर्ने विषयका बारेमा सातै प्रदेशबाट संकलित सुझाव पेश गरिएको छ।

सिहदरबारमा बुधबार बसेको बैठकमा समिति अन्तर्गतको उपसमितिले सुझाव पेश गरेको हो।

अर्थ समितिले दुईटा उपसमिति बनाएर सातै प्रदेशमा आगामी बजेटमा समावेश गरिनु पर्ने विषयबारे सरोकारवालाहरुसँग छलफल गरेको थियो।

छलफलपछि प्राप्त सुझावहरुलाई समेटेर तयार पारिएको प्रतिवदेन उपसमितिहरुले बैठकमा पेश गरेका हुन्।

बैठकमा अर्थमन्त्री युवराज खतिवडाले सांसदहरुले दिएको सुझावलाई मनन् गरी बजेट निर्माण गर्ने आश्वासन दिए।

खतिवडाले राजनीतिक एजेण्डालाई आर्थिक स्रोतले भ्याउने हदसम्मको लोकप्रिय (पपुलिस्ट) बजेट बनाउने धारणा पनि राखे।

अर्थमन्त्री खतिवडाले बजेट राजनीतिक अर्थशास्त्र भए पनि वित्तीय स्रोतवीना त्यो कार्यान्वयन नहुने भएकाले स्रोत हेरेर लोकप्रिय बजेट तयार गर्ने जानकारी दिएका हुन्।

आगामी आर्थिक वर्षको बजेटको तयारीमा रहेका अर्थमन्त्री खतिवडाले कार्यान्वयन गर्न सकिने बजेट निर्माणमा आफू छलफलमा रहेको पनि बताए।

बैठकमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सन्तुलित विकास अहिलेको आवश्यकता भएको भन्दै पहुँचका आधारमा बजेट विनियोजन हुन नहुने सुझाव दिए।

त्यस्तै पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रदेशको सन्तुलित विकास हुनेगरी बजेट नल्याए असन्तुष्टि जन्मनेतर्फ सचेत हुन सरकारका मन्त्रीलाई सचेत गराए।

पूर्वअर्थमन्त्रीद्वय पाण्डे र कार्की नेतृत्वको फरकफरक टोलीले सातवटै प्रदेश राजधानी र व्यापारिक केन्द्र पुगेर सुझाव संकलन गरेको थियो।

समितिले तयार गरेको प्रारम्भिक प्रतिवेदनअनुसार स्थानीय तह एवं प्रदेशका प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधिले स्थानीय तहसम्म कार्यान्वयन हुने आयोजनाको बलियो अनुगमनका लागि जोड दिइएको छ।

समितिले विहीबार काठमाडौंबाट सुझाव संकलन गर्ने तयारी गरेको छ। त्यसरी प्राप्त हुने सुझाव बजेट निर्माण अघि अर्थमन्त्रीलाई हस्तान्तरण गरिने समितिको तयारी छ।

सरकारको आगामी आर्थिक वर्षका लागि जेठ १५ गते पेश हुने बजेटका सिद्धान्त लगायतका विषयमा शुक्रबारदेखि प्रतिनिधि सभामा प्रिबजेट छलफल हुँदैछ।

08/05/2019, 04: 01: 50 मा प्रकाशित
49 पटक पढीएको

राजनीति

सँधै जसो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन वा सार्वजनिक सभामा पत्रकारहरुलाई हप्की दप्की लगाउँदै बोल्ने बानी परेका संचार तथा सूचना प्रविधि मन्त्री गोेकुल बाँस्कोटाले आइतबार आफ्नै पार्टी मुख्यालयमा आफ्नै दलका नेता र पत्रकारको खप्की खान बाध्य भए। संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता र स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने उद्देश्यले संघीय संसदमा मिडिया काउन्सिल विधेयक दर्ता गरेर चौतर्फी आलोचनाको […]

बिचार

नेपाली कांग्रेस देशको एउटा पुरानो ऐतिहासिक पार्टी हो। २०७४ को आम चुनावमा कांग्रेस पराजित भयो। एउटा चुनावमा पराजित हुँदैमा कांग्रेस हतास हुने कुरै थिएन। तरपनि किन हो कुन्नी कांग्रेसको पंक्तिमा एकप्रकारको निरासा र हतासा देखियो। तर, अहिले आएर सुस्तरी र क्रमिकरुपले त्यो हतासा र निराशा निर्मूल हुँदै गएको छ। हालै नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले राष्ट्रिय […]

प्रवास

म्यान्मारको यात्रुबहाक जहाज अगाडिको ल्याण्डीङ गियरवीनै आइतबार सुरक्षित रुपमा अवतरण भएपछि विश्वभरी चर्चाको विषय बनेको छ। म्यान्मारको राष्ट्रिय ध्वजाबहाक युबि १०३ नम्बरको विमान आइतबार बिहान स्थानीय समय अनुसार ९ः०९ बजे अवतरणको क्रममा अगाडिको ल्याण्डिङ गियरले काम गर्न छोड्दा पनि पछाडिको पाँग्राको भरमा मण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा चमत्कारपूर्ण ढंगले अवतरण गरेको थियो। विमान अवतरणका क्रममा धानवमार्गमा धस्सिएर […]

अन्तर्वार्ता

डाउन सिन्ड्रोम भएको बच्चा जन्माएकी पूर्व सभासद गायत्री साह र ललितपुरस्थित मेडिसिटी अस्पतालबीच उत्पन्न विवादपछि चिकित्सा क्षेत्रमा नयाँ बसह सुरु भएको छ। फागुन २८ गते मेडिसिटी अस्पतालमा बच्चा जन्माएकी साहको शिशुमा डाउन सिन्ड्रोमको लक्षण देखिएको थियो। अस्पतालले गर्भावस्थामा आवश्यक चेकजाँच र परिक्षण नगरीदिएको कारण डाउन सिन्ड्रोम भएको बच्चा जन्मिएको अरोप साहले लगाउँदै आएकी छिन्। उनले […]

लोकप्रिय

बेल्जियन फुटबल खेलाडी तथा म्यानचेस्टर सिटीका क्याप्टेन विन्सेन्ट कम्पनीले आफ्ना फ्यानलाई ठुलो झट्का दिएका छन्। शनिबार राती भएको एफ ए कप फाइनलमा वाटफर्डलाई ६ सून्य गोल अन्तरले पराजित गर्दै शानदार जित निकाल लगत्तै उनले एकाएक कल्ब छोड्ने घोषणा गरेर आफ्ना समर्थकलाई झट्का दिए। म्यानचेस्टर सिटीले एफ ए कप जीतको खुशीयाली एक दिन पनि मनाउन नपाउँदै […]