सरकार भन्छ, १६ सय कि.मि सडक बन्यो, बौद्ध जोरपाटीवासी भन्छन्ः हाम्रो पालो कहिले?

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

गत वर्ष चैत्र १० गते प्रधानमन्त्री के पी शर्मा ओलीले संसदमा सम्बोधन गरेका थिए।

सम्बोधनका क्रममा उनले २०७५ साललाईआधार बर्षका रुपमा ब्याख्या गर्दै देशमा भएको विकास विस्तारका कामहरु संसदमा सुनाए।

उनले २०७५ वर्षलाई कामको झलक मात्र दिने बर्ष रुपमा लिएको बताएका थिए।

उनले २०७५ वर्षमा लगभग ८०० किलोमिटर सडक कालो पत्रे भएको बताए। नेपालको इतिहासमा पहिलोपल्ट यत्रो सडक कालो पत्रे भएको ठोकुवा शैलीमा प्रधानमन्त्रीले संसदमा बताए।

त्यस्तै २०७६ सालमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरिन्। त्यस क्रममा राष्ट्रपति भण्डारीले भने एक बर्षको अविधिमा १ हजार छ सय किलो मिटर कालोपत्र भएको बताइन्।

४० दिनको अन्तरमा प्रधानमन्त्री र राष्ट्रपतिको अभिब्यक्तिमा देखिएको भिन्नताले सरकारको विश्वसनीयतामा चौतर्फी प्रश्न उब्जिएको छ।

संसद भवनमा चालिस दिनको अन्तरालमा ८०० मिटर जति कालो पत्रे भएको तथ्याङ्क देखियो तर, बानेश्वरबाट करिब ६ किलोमिटर टाडा रहेको बौद्ध जोरपाटी सडक भने न त सरकारको आधार वर्षमा नै पर्न सक्यो, न त ४० दिने विकासको सफलतामा नै।

जसको कारण बिहिबार बिहान जोरपाटी बौद्ध सडक खण्डमा भने स्थानीयको धैर्यताको बाँध टुट्यो र एकाएक सडकमा बिरोध प्रदर्शन भयो।

बौद्ध व्यापार संघ र स्थानीयबासीले बिहीबार बौद्धमा सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए।

उनीहरुले सडक कालोपत्रे गर्न नथालेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। उनीहरुले समयमा काम सम्पन्न नगर्ने ठेकदारलाई कारवाहीको मागसमेत गरेका छन्।

विभिन्न प्लेकार्ड बोकेका प्रदर्शनकारीहरु सडकमै बसेका थिए। प्रदर्शनकारीले सडक किनारामा रहेको पोल ढालेर तारमा आगो लगाइदिएका छन्।

प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच घम्साघम्सी समेत भएको छ।

स्थानीयवासीले लामो समयसम्म पनि सडक निर्माण सम्पन्न नगर्दा आफुहरु धुलो र हिलोमा हिड्न बाध्य भएको भन्दै विरोध गरिएको बताए।

स्थानीयवासीले राजधानीकै सडक निर्माणका लागि न त कुनै नेता, न कुनै मेयर वा जनप्रतिनिधिहरुले आवाज उठाएको भन्दै गुनासो व्यक्त गरे।

चार वर्ष अगाडी हिरा चन्द कम्पनीलाई करिब एक अर्ब ४५ करोड रुपैयाँमा ठेक्का दिएको थियो। यो सडक २०७४ को माघ महिनामा नै सम्पन्न भई सक्नुपर्ने थियो।

यस अघि स्थानीयले गरेको बिरोधपछि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र भौतिक पूर्वाधारमन्त्री रघुवीर महसेठले सडकको निरीक्षण गर्दै तत्काल सडक निर्माण सकाउने प्रतिबद्दता जनाएका थिए। तर, सरकारले भने पटक पटक ठेक्क्दार कम्पनीको म्याद धपेको छ।

लामो समयसम्म सरकारी निकायको ध्यान त्यहा नपुग्दा विश्व सम्पदा सूचिमा परेकेो बौद्ध स्तुपा भ्रमणमा आएका अन्तरिक तथा विदेशी पर्यटकलाई पनि धुलो धुवा र पानीमा हिलोको सामना बाध्य छन्।