हनुमानले विन्ध्याचल पर्वत ल्याएजस्तै अर्थमन्त्रीले बजेट सम्बन्धी विधेयक ल्याएः भट्टराई

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख २८

पूर्वप्रधानमन्त्री एवं सत्तारुढ समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराइले सरकारले संसदमा छलफलका लागि प्रस्तुत गरेको आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता रामायणमा हनुमानले विन्ध्याचल पर्वत ल्याएजस्तो भनि टिप्पणी गरेका छन्।

सरकारका अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा आगामी जेठ १५ गते संसदमा प्रस्तुत हुने बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धी विधेयकप्रति टिप्पणी गर्दै नेता भट्टराइले यस्तो बताएका हुन्।

उनले आफ्नो ट्वीटरमा भनेका छन्, ‘अर्थमन्त्रीद्वारा संसदमा आज (२७ गते) प्रस्तुत आगामी बजेटका “सिद्धान्त र प्राथमिकता” हेर्दा अर्धनिद्रामा रहेको मान्छेले हाइ काड्दै लेखेको नीरस निबन्ध जस्तो लाग्यो! त्यहाँ न सिद्धान्तको प्रष्टता छ न त प्राथमिकताको किटान! हनुमानले विन्ध्याचल पर्वत त ल्याए तर संजीवनी चिनेनन् भने जस्तै!’