प्रेस काउन्सिल विधयेक प्रेस स्वतन्त्रताको कु: देउबा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख २९

सरकारले संसदमा दर्ता गरेको प्रेस काउन्सिल सम्बन्धि विधयेक प्रेस स्वतन्त्रतामाथिको कु भएको आरोप नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लगाएका छन्।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आइतबार सभापति देउवाले भने,’ यो सरकारको विधयेक प्रेस स्वतन्त्रतामाथिको कु हो।’

उनले संविधानसँग बाझिने कुनै पनि मानव अधिकार तथा मौलिक हक सम्बन्धि ऐनको संशोधन आवश्यक नभएको भन्दै सरकारसँग त्यस्ता विवादस्पद विधयेक फिर्ता लिन पनि माग गरेका छन्।