अगाडिको गियर नचलेको विमानलाई चमत्कारिक ढंगले म्यान्मारमा अवतरण

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख २९

म्यान्मारको यात्रुबहाक जहाज अगाडिको ल्याण्डीङ गियरवीनै आइतबार सुरक्षित रुपमा अवतरण भएपछि विश्वभरी चर्चाको विषय बनेको छ।

म्यान्मारको राष्ट्रिय ध्वजाबहाक युबि १०३ नम्बरको विमान आइतबार बिहान स्थानीय समय अनुसार ९ः०९ बजे अवतरणको क्रममा अगाडिको ल्याण्डिङ गियरले काम गर्न छोड्दा पनि पछाडिको पाँग्राको भरमा मण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा चमत्कारपूर्ण ढंगले अवतरण गरेको थियो।

विमान अवतरणका क्रममा धानवमार्गमा धस्सिएर अगाडिको भाग भताभुङ्ग भएको विमानबाट त्यसमा सवार गरिरहेका ८२ जना यात्रु र सात जना जहाजका कर्मचारी र पाइलटलाई सकुशल उद्दार गरिइएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन्।

जहाजको क्याप्टेनले अवतरणका लागि अगाडिको गियर चलाउन खोज्दा नचलेपछि पाइलटले जहाजमा रहेको इन्धन खाली गराएर उक्त जहाजको सुरक्षित अवतरण गराएका थिए।

म्यान्मारको विमान कम्पनीले जहाजलाई सुरक्षित अवतरण गराएकोमा चालक दलका सदस्य तथा यात्रुहरुलाई बधाई तथा धन्यवाद दिएको छ।