Phone: +977 - 9841338823
Email: him[email protected]
Connect with us:

एभिन्यूज टेलिभिजनको कार्यालय तोडफोड

हिमाल दैनिक
काठमाडौँ २० बैशाख
एभिन्यूज टेलिभिजनको कार्यालय तोडफोड

एभिन्यूज टेलिभिजनको कार्यालयमा तोडफोड भएको छ। सोमबार वीरगंजको एभिन्यूज टेलिभिजनको कार्यालयमा केहि समूहले मुखमा कालो कपडा लगाएर कार्यालय तोडफोड गरेको एभिन्यूज टेलिभिजनले जनाएको छ।

उक्त समुह समाजवादी पार्टी नेपालका कार्यकर्ता रहेको एभिन्यूज टेलिभिजनले दाबी गरेको छ। यो घटना आइतबार समाजवादी पार्टी नेपालका अध्यक्ष तथा उप-प्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका उपेन्द्र यादवसंगको अन्तरबार्तालाई लिएर गराइएको टेलिभिजनको दाबी छ।

उक्त अन्तर्वार्तामा कार्यक्रम प्रस्तोता र मन्त्री यादवबीच सुरुबाटै निकै विवाद भइराखेको थियो। प्रश्नकर्ताले प्रयाेग गरेका कतिपय विवादस्पद पदावली र अमर्यादित भाषाकाकारण मन्त्री यादव माइक नै झिकेर कार्यक्रमकाे बीचमै हिडेका थिए ।

त्यस्तै समाजवादी पार्टीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संचारकर्मीको व्यवहारका कारण सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोध गर्नेहरु अप्ठेरोमा परेको बताएका छन् ।

डा भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘केही मिडियाकर्मीको यस्तो अहंकारी, उदण्ड, अशिष्ट र असनको साँढे जस्तो व्यवहारले सरकारले अहिले ल्याएको मिडियाको टाउकोमा जाँतो झुण्ड्याउने विधेयकको विरोध गर्नेहरू सबैलाई अप्ठेरोमा पार्छ है ! यो अति निन्दनीय र गम्भीर छ! एक विराउने शाखा पिराउने भन्ने लोकोक्ति छ ! मिडियानेतृत्वको ध्यान पुगोस् !

त्यो भिडियो अहिले सामाजिक संजालमा चौतर्फी रुपमा भाईरल भएको छ। उक्त घटनालाई लिएर नै वीरगंजमा तोडफोड गरिएको एभिन्यूज टेलिभिजनले आफ्नो वेबसाइटमार्फत बताएको छ।

 

13/05/2019, 01: 39: 50 मा प्रकाशित
51 पटक पढीएको

राजनीति

सँधै जसो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन वा सार्वजनिक सभामा पत्रकारहरुलाई हप्की दप्की लगाउँदै बोल्ने बानी परेका संचार तथा सूचना प्रविधि मन्त्री गोेकुल बाँस्कोटाले आइतबार आफ्नै पार्टी मुख्यालयमा आफ्नै दलका नेता र पत्रकारको खप्की खान बाध्य भए। संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता र स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने उद्देश्यले संघीय संसदमा मिडिया काउन्सिल विधेयक दर्ता गरेर चौतर्फी आलोचनाको […]

बिचार

नेपाली कांग्रेस देशको एउटा पुरानो ऐतिहासिक पार्टी हो। २०७४ को आम चुनावमा कांग्रेस पराजित भयो। एउटा चुनावमा पराजित हुँदैमा कांग्रेस हतास हुने कुरै थिएन। तरपनि किन हो कुन्नी कांग्रेसको पंक्तिमा एकप्रकारको निरासा र हतासा देखियो। तर, अहिले आएर सुस्तरी र क्रमिकरुपले त्यो हतासा र निराशा निर्मूल हुँदै गएको छ। हालै नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले राष्ट्रिय […]

प्रवास

म्यान्मारको यात्रुबहाक जहाज अगाडिको ल्याण्डीङ गियरवीनै आइतबार सुरक्षित रुपमा अवतरण भएपछि विश्वभरी चर्चाको विषय बनेको छ। म्यान्मारको राष्ट्रिय ध्वजाबहाक युबि १०३ नम्बरको विमान आइतबार बिहान स्थानीय समय अनुसार ९ः०९ बजे अवतरणको क्रममा अगाडिको ल्याण्डिङ गियरले काम गर्न छोड्दा पनि पछाडिको पाँग्राको भरमा मण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा चमत्कारपूर्ण ढंगले अवतरण गरेको थियो। विमान अवतरणका क्रममा धानवमार्गमा धस्सिएर […]

अन्तर्वार्ता

डाउन सिन्ड्रोम भएको बच्चा जन्माएकी पूर्व सभासद गायत्री साह र ललितपुरस्थित मेडिसिटी अस्पतालबीच उत्पन्न विवादपछि चिकित्सा क्षेत्रमा नयाँ बसह सुरु भएको छ। फागुन २८ गते मेडिसिटी अस्पतालमा बच्चा जन्माएकी साहको शिशुमा डाउन सिन्ड्रोमको लक्षण देखिएको थियो। अस्पतालले गर्भावस्थामा आवश्यक चेकजाँच र परिक्षण नगरीदिएको कारण डाउन सिन्ड्रोम भएको बच्चा जन्मिएको अरोप साहले लगाउँदै आएकी छिन्। उनले […]

लोकप्रिय

बेल्जियन फुटबल खेलाडी तथा म्यानचेस्टर सिटीका क्याप्टेन विन्सेन्ट कम्पनीले आफ्ना फ्यानलाई ठुलो झट्का दिएका छन्। शनिबार राती भएको एफ ए कप फाइनलमा वाटफर्डलाई ६ सून्य गोल अन्तरले पराजित गर्दै शानदार जित निकाल लगत्तै उनले एकाएक कल्ब छोड्ने घोषणा गरेर आफ्ना समर्थकलाई झट्का दिए। म्यानचेस्टर सिटीले एफ ए कप जीतको खुशीयाली एक दिन पनि मनाउन नपाउँदै […]