Phone: +977 - 9841338823
Connect with us:

भिड नियन्त्रणमा खटिएकै प्रहरीले भिडबाट प्रदर्शनकारीको सिक्री चोरेपछि…

हिमाल दैनिक
काठमाडौँ २० बैशाख
भिड नियन्त्रणमा खटिएकै प्रहरीले भिडबाट प्रदर्शनकारीको सिक्री चोरेपछि…

शान्ति सुरक्षाको जिम्मेवारी बहन गर्न खटिएका एक जना प्रहरी जवानले भिड नियन्त्रणका क्रममा गरेको चोरी प्रकरणले सिंगोे प्रहरी संगठनलाई नै बदनाम बनाउने स्थिति उत्पन्न भएको छ।

प्रहरी जवान अमिर श्रेष्ठले गत बिहीबार जोरपाटी बौद्ध सडक खण्डको बाटो लामो समयसम्म पनि निर्माण नगरी सास्ती खेप्न बाध्य भएर आक्रोसले सडकमा उत्रिएका एक प्रदर्शनकारीको सिक्री लुटेपछि श्रेष्ठ त कारबाहीमा पर्ने नै भए, त्यसका अतिरिक्त सिंगो प्रहरी संगठनमाथि नै दाग लगाउने दुस्प्रयास पनि भएको छ।

प्रदर्शनकारीको गलामा रहेको सिक्री चोरेको अभियोजमा प्रहरी जवान श्रेष्ठ निलम्बनमा परेका छन्। उक्त घटनाको छानबिन गर्दा श्रेष्ठले नियन्त्रणमा लिने क्रममा सिक्री चुडीएको र पछि फिर्ता नगरेको थाहा पाएपछि उनी निलम्बनमा परेको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदी बताए।

थप अनुसन्धानका लागि समिति गठन गरिएको र सिक्री अधिकारिक मान्छेलाई आज बिहान दिएको एसएसपी सुबेदीले जानकारी दिएका छन्।

बिहिबार जोरपाटी(बौद्ध सडक खण्ड अन्तर्गत रहेको बाटो लामो समयसम्म पीच नभएपछि स्थानीयबासी बिरोधमा उत्रिएका थिए। प्रदर्शनकारीले सडक किनारामा रहेको पोल ढालेर तारमा आगो लगाइदिएका थिए।

भिड नियन्त्रणका लागि खटिएको प्रहरी र स्थानीय प्रदर्शनकारीबीच केहिबेर तनावपूर्ण स्थिति बनेकै अवस्थामा त्यी प्रहरी जवानले एक ब्यक्तिलाई नियन्त्रण लिने क्रममा उनको गलाको सिक्री झिकेको प्रहरीले बताएको छ।

13/05/2019, 03: 14: 47 मा प्रकाशित
108 पटक पढीएको

राजनीति

सँधै जसो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन वा सार्वजनिक सभामा पत्रकारहरुलाई हप्की दप्की लगाउँदै बोल्ने बानी परेका संचार तथा सूचना प्रविधि मन्त्री गोेकुल बाँस्कोटाले आइतबार आफ्नै पार्टी मुख्यालयमा आफ्नै दलका नेता र पत्रकारको खप्की खान बाध्य भए। संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता र स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने उद्देश्यले संघीय संसदमा मिडिया काउन्सिल विधेयक दर्ता गरेर चौतर्फी आलोचनाको […]

बिचार

नेपाली कांग्रेस देशको एउटा पुरानो ऐतिहासिक पार्टी हो। २०७४ को आम चुनावमा कांग्रेस पराजित भयो। एउटा चुनावमा पराजित हुँदैमा कांग्रेस हतास हुने कुरै थिएन। तरपनि किन हो कुन्नी कांग्रेसको पंक्तिमा एकप्रकारको निरासा र हतासा देखियो। तर, अहिले आएर सुस्तरी र क्रमिकरुपले त्यो हतासा र निराशा निर्मूल हुँदै गएको छ। हालै नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले राष्ट्रिय […]

प्रवास

म्यान्मारको यात्रुबहाक जहाज अगाडिको ल्याण्डीङ गियरवीनै आइतबार सुरक्षित रुपमा अवतरण भएपछि विश्वभरी चर्चाको विषय बनेको छ। म्यान्मारको राष्ट्रिय ध्वजाबहाक युबि १०३ नम्बरको विमान आइतबार बिहान स्थानीय समय अनुसार ९ः०९ बजे अवतरणको क्रममा अगाडिको ल्याण्डिङ गियरले काम गर्न छोड्दा पनि पछाडिको पाँग्राको भरमा मण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा चमत्कारपूर्ण ढंगले अवतरण गरेको थियो। विमान अवतरणका क्रममा धानवमार्गमा धस्सिएर […]

अन्तर्वार्ता

डाउन सिन्ड्रोम भएको बच्चा जन्माएकी पूर्व सभासद गायत्री साह र ललितपुरस्थित मेडिसिटी अस्पतालबीच उत्पन्न विवादपछि चिकित्सा क्षेत्रमा नयाँ बसह सुरु भएको छ। फागुन २८ गते मेडिसिटी अस्पतालमा बच्चा जन्माएकी साहको शिशुमा डाउन सिन्ड्रोमको लक्षण देखिएको थियो। अस्पतालले गर्भावस्थामा आवश्यक चेकजाँच र परिक्षण नगरीदिएको कारण डाउन सिन्ड्रोम भएको बच्चा जन्मिएको अरोप साहले लगाउँदै आएकी छिन्। उनले […]

लोकप्रिय

नेपाली कांग्रेस देशको एउटा पुरानो ऐतिहासिक पार्टी हो। २०७४ को आम चुनावमा कांग्रेस पराजित भयो। एउटा चुनावमा पराजित हुँदैमा कांग्रेस हतास हुने कुरै थिएन। तरपनि किन हो कुन्नी कांग्रेसको पंक्तिमा एकप्रकारको निरासा र हतासा देखियो। तर, अहिले आएर सुस्तरी र क्रमिकरुपले त्यो हतासा र निराशा निर्मूल हुँदै गएको छ। हालै नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले राष्ट्रिय […]