बिनाशकारी हावाहुरी पिडितलाई प्रदेश न १ बाट आर्थिक सहायोग

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख ३०

चैत्र महिना बारा र पर्सामा आएको बिनाशकारी हावा-हुरीले पिडितलाई प्रदेश न १ सरकारले आर्थिक सहयोग गरेको छ।

सोमबार प्रदेश न २ को मुख्यमन्त्री कार्यलयमा आयोजित कार्यक्रममा प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले एक करोड रुपैया सहयोग गरेका छन्। यो सहयोग प्रदेश न १ बाट एउटा सानो सहयोग मात्र रहेको मुख्यमन्त्री राईले बताए। विपदको समयमा सबै एकजुट रहेको संदेश दिन खोजिएको राईले बताए।

त्यस्तै चेक ग्रहण गर्दै प्रदेश न २ का मुख्यमन्त्री लालबाबु राउत प्रदेश न १को सहयोगप्रति आभार प्रकट
गरे. उनले यस्तो सहयोगले प्रदेश -प्रदेश बीचको सहकार्य र सम्बन्ध मजबुत बनाउने आधार प्रारम्भ भएको बताए।

चैत्र २७ गते बारा र पर्सामा आएको विनाशकारी हावाहुरीले २९ जनाको ज्यान लिनुको साथै करोडौको धनमालको क्षति भएको थियो