Phone: +977 - 9841338823
Connect with us:

कार्यकर्तालाई संयमित रहन उपेन्द्रको पार्टीको निर्देशन

हिमाल दैनिक
काठमाडौं, वैशाख ३०
कार्यकर्तालाई संयमित रहन उपेन्द्रको पार्टीको निर्देशन

संघीय समाजवादी नेपाल पार्टीले आफ्नो पार्टी पंक्ति र आम कार्यकर्तालाई संयमित रहन निर्देशन दिएको छ।

आइतबार राती पार्टी अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई एभिन्युज टेलिभिजनको कार्यक्रममा भएको घटनालाई लिएर उत्तेजित नहुन र अवाञ्छित गतिविधि नगरी संयमित रहन पार्टीका सबै नेता तथा कार्यकर्तालाई उक्त पार्टीको केन्द्रीय कार्यालयको तर्फबाट उपमहासचिव प्रकाश अधिकारीले जारी गरेको विज्ञप्ति मार्फत निर्देशन दिएका हुन्।

साथै उक्त पार्टी र यसको नेतृत्वले प्रेस स्वतन्त्रता र मर्यादालाई सधैँ सम्मान गर्ने बताउँदै पत्रकारिताको आचरण विपरितका गतिविधिहरु नगरी पत्रकारीता जगतलाई अझ संयमित र मर्र्यादित बनाउन आम मिडिया जगत र सम्बन्धित पक्षसँग पनि आग्रह गरेको छ।

आइतबार राती एभिन्युज टेलिभिजनको एक कार्यक्रममा कार्यक्रम संचालकले उपप्रधानमन्त्री यादवलाई होच्याएर प्रश्न गर्न थालेपछि एकआपसमा असहज परिस्थिति उत्पन्न भएको थियो।

जसले गर्र्दा मन्त्री यादव बिचमै कार्यक्रम छोडेर बाहिरिएका थिए। सोही घटनालाई लिएर उक्त पार्टीका कार्यकर्ताहरुले सोमबार वीरगंजस्थित एभिन्युज टेलिभिजनको कार्यालयमा तोडफोड गरेका थिए।

13/05/2019, 07: 29: 03 मा प्रकाशित
54 पटक पढीएको

राजनीति

सँधै जसो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन वा सार्वजनिक सभामा पत्रकारहरुलाई हप्की दप्की लगाउँदै बोल्ने बानी परेका संचार तथा सूचना प्रविधि मन्त्री गोेकुल बाँस्कोटाले आइतबार आफ्नै पार्टी मुख्यालयमा आफ्नै दलका नेता र पत्रकारको खप्की खान बाध्य भए। संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता र स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने उद्देश्यले संघीय संसदमा मिडिया काउन्सिल विधेयक दर्ता गरेर चौतर्फी आलोचनाको […]

बिचार

नेपाली कांग्रेस देशको एउटा पुरानो ऐतिहासिक पार्टी हो। २०७४ को आम चुनावमा कांग्रेस पराजित भयो। एउटा चुनावमा पराजित हुँदैमा कांग्रेस हतास हुने कुरै थिएन। तरपनि किन हो कुन्नी कांग्रेसको पंक्तिमा एकप्रकारको निरासा र हतासा देखियो। तर, अहिले आएर सुस्तरी र क्रमिकरुपले त्यो हतासा र निराशा निर्मूल हुँदै गएको छ। हालै नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले राष्ट्रिय […]

प्रवास

म्यान्मारको यात्रुबहाक जहाज अगाडिको ल्याण्डीङ गियरवीनै आइतबार सुरक्षित रुपमा अवतरण भएपछि विश्वभरी चर्चाको विषय बनेको छ। म्यान्मारको राष्ट्रिय ध्वजाबहाक युबि १०३ नम्बरको विमान आइतबार बिहान स्थानीय समय अनुसार ९ः०९ बजे अवतरणको क्रममा अगाडिको ल्याण्डिङ गियरले काम गर्न छोड्दा पनि पछाडिको पाँग्राको भरमा मण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा चमत्कारपूर्ण ढंगले अवतरण गरेको थियो। विमान अवतरणका क्रममा धानवमार्गमा धस्सिएर […]

अन्तर्वार्ता

डाउन सिन्ड्रोम भएको बच्चा जन्माएकी पूर्व सभासद गायत्री साह र ललितपुरस्थित मेडिसिटी अस्पतालबीच उत्पन्न विवादपछि चिकित्सा क्षेत्रमा नयाँ बसह सुरु भएको छ। फागुन २८ गते मेडिसिटी अस्पतालमा बच्चा जन्माएकी साहको शिशुमा डाउन सिन्ड्रोमको लक्षण देखिएको थियो। अस्पतालले गर्भावस्थामा आवश्यक चेकजाँच र परिक्षण नगरीदिएको कारण डाउन सिन्ड्रोम भएको बच्चा जन्मिएको अरोप साहले लगाउँदै आएकी छिन्। उनले […]

लोकप्रिय

नेपाली कांग्रेस देशको एउटा पुरानो ऐतिहासिक पार्टी हो। २०७४ को आम चुनावमा कांग्रेस पराजित भयो। एउटा चुनावमा पराजित हुँदैमा कांग्रेस हतास हुने कुरै थिएन। तरपनि किन हो कुन्नी कांग्रेसको पंक्तिमा एकप्रकारको निरासा र हतासा देखियो। तर, अहिले आएर सुस्तरी र क्रमिकरुपले त्यो हतासा र निराशा निर्मूल हुँदै गएको छ। हालै नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले राष्ट्रिय […]