Phone: +977 - 9841338823
Connect with us:

संसदमा खाँणकाे विन्ती: ‘हजुरको सरकारले’ प्रेस काउन्सिल र मानव अधिकार सम्बन्धि विधेयक फिर्ता लिइयोस्

हिमाल दैनिक
काठमाडौं, वैशाख ३१
संसदमा खाँणकाे विन्ती: ‘हजुरको सरकारले’ प्रेस काउन्सिल र मानव अधिकार सम्बन्धि विधेयक फिर्ता लिइयोस्

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाल सरकारलाई ‘हजुरको सरकारले’ संविधानको मौलिक हक र प्रेस स्वतन्त्रता सम्बन्धि संविधानको प्रस्तावना विपरित ल्याएको प्रेस काउन्सिल सम्बन्धि विधेयक र मानव अधिकार सम्बन्धि विधेयक फिर्ता लिन माग गरका छन्।

सरकारको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा मंगलबार भाग लिँदै खाँणले ‘हजुरको सरकारले’ संविधान विपरित प्रेस काउन्सिल सम्बन्धि विधेयक र मानव अधिकार सम्बन्धि विधेयक फिर्ता लिन माग गरे।

गत वर्ष सरकारको प्रिबजेट डिस्कसन, नीति तथा कार्यक्रम र बजेट एउटा क्रममा लिएर आएको र त्यसमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको, त्यसपछि नीति तथा कार्यक्रम र त्यसका आधारमा बजेट आएको बताए।

तर यसवर्ष पहिले नीति र कार्यक्रम आयो त्यसपछि मात्रै बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल भएकोमा गत वर्षको प्रक्रिया र क्रमबद्धतामा आएको भिन्नतामा प्रश्न गर्दै कि सरकारले गत वर्ष कमिकमजोरी भएको कारण सच्याएको भन्नु पर्यो या त यो वर्ष विशेष परिस्थितिले यस्तो भयो भनि सरकाले जवाफ दिनु पर्ने बताए।

उनले अर्को वर्ष कसरी आउला भनि परिकल्पना गर्न गाह्रो भएको बताउँदै सिद्धान्त र प्राथमिकतासँग नीति र कार्यक्रममा जे सुकै सुझाव भएपनि हुबहु पारित हुने अवस्थामा किन परिवर्तन गरियो भनि स्पष्टिकरण माग गरे।

सरकारको नीति र कार्यक्रमसँग बजेटको सिद्धान्त र प्राथमिकतामा संविधानको कुरा उठेको बताउँदै मौलिक हकको, मौलिक अधिकार सम्बन्धि कानूनको कुरा उठेको बताउँदै खाँणले मौलिक अधिकार सम्बन्धि कानुन बनेको बताए।

त्यी कानुन र ऐनहरु बनाउँदा सिंगो संसदले नै रचनात्मक सहयोग गरेर बनेको स्मरण गराउँदै उनले भने, ‘सरकारले त्यसको अगुवाई गरेको छ, त्यसको लागि धन्यवाद तर, प्रमुख प्रतिपक्ष र प्रतिपक्षले पनि त्यसका लागि गम्भिरतापूर्वक साथ दिएर सबैको सामूहिकता र सहकार्यबाटै मौलिक अधिकार सम्बन्धि कानूनहरु बनका हुन्।’

मौलिक अधिकारको कार्यान्वयन गर्ने क्रममा त्यसको जिम्मेवारी सरकारको रहेको बताउँदै सरकारले प्रतिबद्धता व्यक्त गरेपनि तर, उसले मौलिक हक सम्बन्धि संविधानको धारा १७ को १ मा विचार अभिव्यक्ति र प्रेसको स्वतन्त्रता छ , संचारको हक पनि राखिएको छ। एकातिर संचारको हकको सुनिश्चितता छ, प्रेस स्वतन्त्रताको सुनिश्चितता छ, नागरिक अधिकार र मानव अधिकारको सुनिश्चितता छ, तर, ‘हजुरको सरकाले’ नेपाल सरकारले (अब मैले मेरो सरकार भन्न मिल्छ कि मिल्दैन, त्यसकारण भनेको छु, माफ गर्नुहोला) हजुरको सरकारले विधेयक ल्यायो। नेपाल मिडिया काउन्सिल सम्बन्धि कानुन संशोधन र एकिकरण गर्न बनेको विधेयक, यो विल्कुलै प्रेस स्वतन्त्रता कुण्ठित गर्ने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, वैचारिक स्वतन्त्रता कुण्ठित गर्ने खालको छ। त्यसकारण यो फर्काएर लैजानुहोस् भन्ने हाम्रो आग्रह छ।’

उनले सिद्धान्तमा मौलिक अधिकार जोगाउने कुरा गरे पनि विधेयक त्यस विपरित आएको भन्दै मानव अधिकार रक्षाका लागि संविधानले मानव अधिकार आयोगलाई स्वायत्त र स्वतन्त्र संवैधानिक निकायको स्वायत्तता र स्वतन्त्रतालाई खण्डित गरेको भन्दै त्यसलाई पनि फिर्ता लिन माग गरे।

उनले शिक्षा सम्बन्धि नागरिकको हक संविधानले व्यवस्था गरेको बताउँदै निजी विद्यालयले जस्तै समान गुणस्तरको शिक्षा सरकारी विद्यालयबाट ल्याउन पनि सरकारले कार्यक्रम ल्याउन माग गरेका छन्।

उनले अघिल्लो सरकारले जेष्ठ नागरिकका लागि ६५ वर्षमाथिकाले पाउने भत्ता सम्बन्धि सुविधान दिने व्यवस्था गर्न तथा गम्भिर प्रकृतिका विरामीको सामाजिक सुरक्षा स्वरुप मासिक ५ हजार रुपैयाँ दिने कार्यक्रम पुनः सुरु गर्न पनि माग गरे।

रोजगारी, आवास, दलीत, बालबालिकाको हकको लगायत विषयमा संविधानले गरेको व्यवस्था नै अध्ययन नगरी नीति तथा कार्यक्रम ल्याएपनि अब बजेट बनाउँदा त्यो ख्याल गर्न भन्दै खाँणले भने, ‘अब बजेट बनाउँदा सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थमन्त्रीज्यू र हजुरको सरकारले बजेट बनाउँदा यो संविधान पढेर मौलिक अधिकार कार्यान्वयन अगाडि जाने खालको बजेट बनोस्।’

14/05/2019, 12: 36: 36 मा प्रकाशित
96 पटक पढीएको

राजनीति

सँधै जसो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन वा सार्वजनिक सभामा पत्रकारहरुलाई हप्की दप्की लगाउँदै बोल्ने बानी परेका संचार तथा सूचना प्रविधि मन्त्री गोेकुल बाँस्कोटाले आइतबार आफ्नै पार्टी मुख्यालयमा आफ्नै दलका नेता र पत्रकारको खप्की खान बाध्य भए। संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता र स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने उद्देश्यले संघीय संसदमा मिडिया काउन्सिल विधेयक दर्ता गरेर चौतर्फी आलोचनाको […]

बिचार

नेपाली कांग्रेस देशको एउटा पुरानो ऐतिहासिक पार्टी हो। २०७४ को आम चुनावमा कांग्रेस पराजित भयो। एउटा चुनावमा पराजित हुँदैमा कांग्रेस हतास हुने कुरै थिएन। तरपनि किन हो कुन्नी कांग्रेसको पंक्तिमा एकप्रकारको निरासा र हतासा देखियो। तर, अहिले आएर सुस्तरी र क्रमिकरुपले त्यो हतासा र निराशा निर्मूल हुँदै गएको छ। हालै नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले राष्ट्रिय […]

प्रवास

म्यान्मारको यात्रुबहाक जहाज अगाडिको ल्याण्डीङ गियरवीनै आइतबार सुरक्षित रुपमा अवतरण भएपछि विश्वभरी चर्चाको विषय बनेको छ। म्यान्मारको राष्ट्रिय ध्वजाबहाक युबि १०३ नम्बरको विमान आइतबार बिहान स्थानीय समय अनुसार ९ः०९ बजे अवतरणको क्रममा अगाडिको ल्याण्डिङ गियरले काम गर्न छोड्दा पनि पछाडिको पाँग्राको भरमा मण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा चमत्कारपूर्ण ढंगले अवतरण गरेको थियो। विमान अवतरणका क्रममा धानवमार्गमा धस्सिएर […]

अन्तर्वार्ता

डाउन सिन्ड्रोम भएको बच्चा जन्माएकी पूर्व सभासद गायत्री साह र ललितपुरस्थित मेडिसिटी अस्पतालबीच उत्पन्न विवादपछि चिकित्सा क्षेत्रमा नयाँ बसह सुरु भएको छ। फागुन २८ गते मेडिसिटी अस्पतालमा बच्चा जन्माएकी साहको शिशुमा डाउन सिन्ड्रोमको लक्षण देखिएको थियो। अस्पतालले गर्भावस्थामा आवश्यक चेकजाँच र परिक्षण नगरीदिएको कारण डाउन सिन्ड्रोम भएको बच्चा जन्मिएको अरोप साहले लगाउँदै आएकी छिन्। उनले […]

लोकप्रिय

नेपाली कांग्रेस देशको एउटा पुरानो ऐतिहासिक पार्टी हो। २०७४ को आम चुनावमा कांग्रेस पराजित भयो। एउटा चुनावमा पराजित हुँदैमा कांग्रेस हतास हुने कुरै थिएन। तरपनि किन हो कुन्नी कांग्रेसको पंक्तिमा एकप्रकारको निरासा र हतासा देखियो। तर, अहिले आएर सुस्तरी र क्रमिकरुपले त्यो हतासा र निराशा निर्मूल हुँदै गएको छ। हालै नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले राष्ट्रिय […]