प्रदिप गिरिको ‘हल्का चुस्स दनक’मा महतले दिए यस्तो जवाफ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख ३१

नेपाली कांग्रेसका प्रखरवक्ता एवं राजनीतिक विश्लेषक प्रदिप गिरिको अभिव्यक्तिले उनैको पार्टीका नेता रामशरण महतको चित्त दुःखेको छ।

सरकारको वार्षिक बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा मंगलबार बोल्दै कांग्रेसका नेता समेत रहेका गिरिले कांग्रेसको सरकारका पालामा भएका अर्थमन्त्रीहरुले देशको भौगोलिक, आर्थिक, राजनीतिक र सामाजिक विषयमा ख्याल नगरी पश्चिमा अर्थतन्त्रको प्रभावमा देशको अर्थ नीति बनाएको कारण देश र जनताले अपेक्षाकृत लाभ पाउन नसकेकोमा उनीहरुप्रति कटाक्ष गरेका थिए।

अर्थमन्त्रीसँग प्रदिप गिरिको प्रश्नः उच्च बृद्धिदर र सामाजिक न्याय कसरी सँगसँगै जान सक्छ?

कांग्रेस शासनको अर्थमन्त्रीलाई हल्का चुस्स दनक

कांग्रेस शासनको अर्थमन्त्रीलाई हल्का चुस्स दनक

Posted by Himal Dainik on Wednesday, May 15, 2019

खासगरी अहिलेको सरकार र त्यसको नेतृत्वले पनि उच्च आर्थिक बृद्धिदर हाँसिल गर्ने र सामाजिक न्यायलाई उच्च प्राथमिकतामा राख्ने भनि अघि सारेको विरोधाभाषपूर्ण नीति तथा सिद्धान्तप्रति कटाक्षका क्रममा कांग्रेसको पालामा अर्थमन्त्री भएका महत र अर्का नेता महेश आचार्यको नाम नलिइकनै उनीहरुको नीतिप्रति असहमति जनाएका थिए।

अर्थमन्त्री पद विशेषज्ञताको पद नभएको भन्दै त्यसका बाबजूद पनि तत्कालिन प्रधानमन्त्रीहरुले विदेशमा पढेर आएका पिएचडी वाला जो नेपालको परिवेशमा गहुँ र धानको भिन्नता छुट्टयाउन र प्याज र आलुलाई पानी चाहिन्छ कि चाहिँदैन भन्ने जानकारी समेत नभएका कारण देश, काल, परिस्थिति अनुकूल बजेट तथा विकास कार्यक्रम आउन नसकेको तर्फ वर्तमान अर्थमन्त्री युवराज खतिवडालाई पनि सचेत रहन आग्रह गरेका थिए।

तर, गिरिको उक्त अभिव्यक्ति आए लगत्तै पुर्वअर्थमन्त्री महतले आफ्नो ट्वीटरमार्फत आफ्नो स्पष्टिकरण दिएका छन्।

महतले भनेका छन्, ‘मित्र प्रदिप गिरिले मलाई हल्का चुस्स दनक हान्नु भएछ। म अमेरिकामा विश्व बैँकमा काम गरेको डा उपाधी भिरेको मान्छे भए पनि गोवर सोहोर्ने, धान बाली भित्र्याउने, गँहु छर्ने काममा पोख्त नै थिए। बेलुका टारीखेतमा जोतेर बिउ छर्ने काम नगरेको भए आज अमेरिकामा मेरो छोरो कसरी हुन्थ्यो? जने’