सञ्चार विधेयक समग्र सञ्चार क्षेत्रमाथिको आत्रमण: नेता महत

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौँ १ जेठ

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतले सरकारले सञ्चार र मानव अधिकारको क्षेत्रमा हस्तक्षेपकारी कार्य गरेको आरोप लागेका छन्।

प्रेस युनियन धनकुटाले बुधबार धनकुटामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महतले सरकारले अघि सारेको आमसञ्चार विधेयक समग्र सञ्चार क्षेत्रमाथिको आत्रमण रहेको टिप्पणी गरे।

मन्त्रीपरिषदबाट पारित भएर संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक समग्र सञ्चार क्षेत्रको विरुद्ध रहेकोले संसदबाट पास गर्न नहुने महतको धारणा थियो ।

यस्तै, सरकारले मानवअधिकारको क्षेत्रमा समेत गलत कार्य गरेको उनले बताए । उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रचारमुखि मात्र रहेको भन्दै सस्तो लोकप्रियतामा सिमित यस्ता कार्यक्रमले दिर्घकालिन उपलब्धी नहुने बताए।

महतले वर्तमान सरकार राष्ट्रियताको सवालमा सबल रहेको भन्दै त्यसको फाइदा चीनसँगको व्यापार र सम्झौताप्रति सकारात्मक रहेको उल्लेख गरे ।