घुस खाएकै रकम धरौटी तिरेर उम्किँदै अख्तियारका पूर्व आयुक्त पाठक

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ १

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर अख्यितारकै दुरुपयोग गरेको आरोपमा पदबाट राजीनामा दिएका तत्कालिन आयुक्त राजनारायण पाठक धरौटीमा रिहा हुने भएका छन्।

विशेष अदालतले बुधबार थुनछेक बहसपछि पूर्व आयुक्त पाठकलाईृ ७८ लाख रुपैया धरौटी लिएर रिहा गर्ने आदेश दिएको छ।

नेपाल इन्जिनियरिङ कलेजको विषयमा विवाद मिलाउने आश्वासन दिएर कलेजका सञ्चालकसँग ७८ लाख रुपैयाँ घुस लिएको भिढियो सार्वजनिक भएलगत्तै चौतर्फी दबाब खेप्न नसकेका पाठकले अन्ततः खख्तियारबाट राजीनामा दिएका थिए।

उक्त विषमया अख्तियारले छानविन गरी अदालतमा मुद्दा दायर गरेकोमा विशेष अदालतले उनीविरुद्ध भ्रष्टाचार गरेकै रकम बराबर मात्र धरौटी लिएर छोड्न आदेश दिएको हो।