नेपालमा लगानी वातावरण बनिसकेको अर्थमन्त्रीको दाबी

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ २

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपालमा लगानीको वातावरण बनिसकेको दाबी गरेका छन् ।

बिहिबार नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र भारतीय राजदूतावास तथा फ्रन्चाइज इण्डियाको सहकार्यमा काठमाडौमा आयोजित नेपाल इन्डिया फ्रेन्चाइजी इन्भेष्टमेन्ट एक्स्पो एन्ड कन्क्लेभको अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन्।

उनले लगानीको वातावरण निर्माणका लागनी नै वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन र एकद्वार प्रणाली कार्यान्वयनमा आएको जिकिर गरे। पर्यटन वर्ष २०२० मनाउन गइरहेको सन्दर्भमा उहाले सेवा क्षेत्रसहित उद्योगमा लगानीका लागि सम्भावना रहेको बताए ।

लगानीका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको भन्दै अर्थमन्त्री खतिवडाले ५ प्रतिशत ब्याजदरमा ऋण लिन सकिने र यसले लगानीकर्तालाई सहज हुने धारणा पनि राखे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नयाँ विमानस्थलसहित विभिन्न १० वटा पाँचतारे होटल निर्माण भइरहेको भन्दै लगानीका लागि नेपाल आकर्षक गन्तव्य भएको बताए।

नेपाल र भारत बीच आपसी सम्बन्ध विस्तार र उद्यमशीलताको प्रवद्र्धन मार्फत बिभिन्न ब्रान्डहरूमा लगानी गर्ने अवसरहरू सिर्जन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।