गुट/उपगुट रहेसम्म पार्टी बलियो हुँदैनः देउवा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ ३

नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट/उपगुटको अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा प्रजातान्त्रिक विचार समाजको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले पार्टीभित्र निर्वाचनमा जित्ने र हार्नेबीच आ–आफ्ना गल्ती र कमी कमजोरी स्वीकारेर सहकार्य नहुँदासम्म पार्टी बलियो हुन नसक्ने धारणा राखेका थिए।

मुलुकमा कम्युनिष्ट विचार बोक्नेको जित र प्रजातान्त्रिक विचारधारा बोक्ने दल कांग्रेसको हारको जिम्मा प्रजातान्त्रिक विचार समाजले समेत लिनुपर्ने उनको भनाइ थियो। सभापति देउवाले पार्टीभित्र एकले अर्कालाई हराउने प्रवृत्ति बढेकाले पार्टी पराजय भएको उल्लेख गर्दै कांग्रेसभित्र सशत्त एकताको खाँचो रहेको पनि बताए।

कार्यक्रममा लोकतान्त्रिक योद्धा सम्मानबाट पत्रकार एवं राजनीतिज्ञ नुतन थपलियालाई रु २५ हजार नगद र ताम्रापत्रद्वारा सम्मान गरिएको थियो। दुई दिनसम्म चल्ने महाधिवेशनमा ४१ जिल्लाका तीन सय प्रतिनिधिको सहभागिता रहेको छ।