पहिले लोकतन्त्रका लागि लडेका पत्रकार अहिले प्रेस स्वतन्त्रताका लागि सडकमा उत्रदै

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ ३

प्रेस स्वतन्त्रताविरोधी प्रावधान राखेर सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको विरोधमा नेपाल पत्रकार महासंघको नेतृत्वमा शुक्रबार काठमाडौंको बानेश्वरमा प्रदर्शन भएको छ।

कुनै समयमा राजनीतिक स्वतन्त्रता र लोकतन्त्रका लागि सडकमा उत्रिएको प्रेस जगत गणतन्त्र आएपछि पनि प्रेस स्वतन्त्रताको वकालत गर्दै पनुः सडकमा उत्रिनु परेको छ।

समहासंघले प्रेस स्वतन्त्रताविरोधी विधेयक फिर्ताका लागि दबाब दिन शुक्रबार बानेश्वरमा आयोजना गरेको प्रर्दशनमा सञ्चारकर्मीहरु सहभागी भएर एक्यैवद्धता व्यक्त गरे।

काठमाडौंको माइतिघरबाट सुरु भएको विरोध र्याली बानेश्वर पुगेर सभा र प्रदर्शनमा परिणत भएको थियो।

यसअघि महासंघले प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, संसदीय समितिका सभापतिलगायतलाई भेटेर विधेयक फिर्ता लिन आग्रह गरिसकेको छ ।

उनीहरुले विधेयकमा संसदभित्र पर्याप्त छलफल गराउने आश्वासन दिएका छन। विरोध सभामा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारलाई पीडित बनाएकै कारण सडकमा आउनुपरेको बताए।

उनले पत्रकारहरु कसैको विरोधमा नभइ संविधानले प्रत्याभूत गरेको नागरिकको सूचनाको हक तथा प्रेस स्वतन्त्रताको हक र लोकतन्त्रको पक्षमा सडकमा आएको बताए।

सरकारले विधेयकमा पत्रकारहरुले समाचार लेखेकै भरमा उनीहरुमाथि कारबाही गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मान्यता विपरितका प्रावधान राखेर विधेयक दर्ता गरेको छ।

जसमा कुनै पनि समाचारमा कुनै पनि असम्बन्धित व्यक्तिले उजुरी दिएमा त्यसको सत्य तथ्य खोज्ने नाममा सूचनाको प्रमाण सार्वजनिक गर्न पर्ने र काउन्सिललाई चित्त नबुझेमा त्यो समाचार प्रकाशित गर्ने संचार गृहदेखि सम्पादक र पत्रकारसम्मलाई १ करोड रुपैयाँसम्म जरिवाना र लामो जेल सजायको प्रावधान राखिएको छ।

महासंघलगायतका सरोकारवाला संस्था आन्दोलनमा उत्रिए पनि सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र संचार मन्त्री गोकुल बाँस्कोटाले विधेयकको बचाउ गर्दै यसले मिडियालाई अनुशासीत र जिम्मेवार बनाउने तर्क गरेर सरकारले त्यसलाई फिर्ता नलिने स्पष्ट सन्देश पटक पटक दिइसकेका छन्।