सम्भावना भएरपनि जेम एण्ड ज्वेलरी ओझलमा पर्योः प्रम ओली

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ ३

प्रधानमन्त्री केपी शर्मा ओलीले जेम एन्ड ज्वेलरी धेरै सम्भावना भएको क्षेत्र भए पनि ओझेलमा परेको बताएका छन्।

खानी तथा भूगर्भ विभाग र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त रुपमा आयोजना गरेको तीन दिने अन्तराष्ट्रिय जेम एन्ड ज्वेलरी प्रदर्शनीको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो क्षेत्रलाई माथि उकास्न सरकार लागिपरेको पनि जानकारी दिए।

नेपालमै रहेको फलाम, सुनलगायतका वस्तुको उत्खननका लागि सरकारले नीति तथा कार्यक्रम र बजेट नै व्यवस्था गरेको जानकारी दिँदै उनले यो क्षेत्रको विकास गर्न सकिने र त्यसका लागि सरकारले पनि सहयोग गर्ने आश्वासन दिए।

कार्यक्रममा महासंघका अध्यक्ष रमेश महर्जनले तीन दिने मेलामा रत्न तथा पत्थरको निर्यात एवं प्रवर्द्धनसम्बन्धी सेमिनार पनि हुने जानकारी दिए।

मेलामा नेपाली पत्थरसहित सुन, चाँदी, जेम तथा रक र मिनरल्स लगायत ६० वटा अवलोकन कक्ष राखिएको छ। काठमाडौंस्थित विभागको कार्यालय लैनचौरमा आयोजित प्रदर्शनी आइतबारसम्म चल्ने आयोजकले जनाएको छ।