जागरण अभियानमा सर्लाही पुगेकी कांग्रेस नेतृ डिनाले चलाइन् पार्टी प्रवेश अभियान

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
सर्लाही, जेठ ४

नेपाली कांग्रेसले सञ्चालन गरेको ‘हिमाल, पहाड, तराई÷मधेस जागरण अभियान’का लागि सर्लाही पुगेकी कांग्रेस नेतृ महालक्ष्मी (डिना) उपाध्यायले जागरण अभियानलाई पार्टी प्रवेश अभियानमा रुपान्तरण गरिदिएकी छिन्।

पार्टीले २५ गतेदेखि सुरु गरेको जागरण अभियानमा सर्लाही जिल्लामा खटिएकी केन्द्रीय सदस्य उपाध्यायले शनिबार सर्लाहीको चक्रघट्टा गाउँपालिकामा आयोजित कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पूर्व एमाले, माओवादी, राष्ट्रिय जनता पार्टी नेपाल लगायतका दुई सयभन्दा बढि कर्मठ कार्र्यकता कांग्रेसमा प्रवेश गराएको बताएकी छिन्।

उनीहरुलाई उपाध्यायले पार्टीको सदस्यता दिनुका साथै फुलमाला लगाएर पार्टीमा स्वागत गरेकी थिइन्।

कार्यक्रममा बोल्दै उनले देशमा अहिले कम्युनिष्ट नेतृत्वको सरकारले जनताका अधिकारहरु कुण्ठित गदैृ एकदलीय अधिनायकवादको दिशामा अघि बढाइरहेको बताउँदै त्यसका विरुद्ध लोकतन्त्रवादीहरु एकजुट भएर मुकाविला गर्ने बेला आएको बताइन्।

चुनावको बेला जनतालाई खोक्रा आश्वासन बाँडेर सत्तामा पुगेको नेकपाले अहिले दुई तिहाई बहुमतको दम्भ देखाएर अधिनायकवाद लाद्न विभिन्न बहानामा प्रेस स्वतन्त्रता र मानव अधिकारमाथि आक्रमण गरिरहेको आरोप उनले लगाइन्।