किराँतहरुको उभौली पर्व सुरु

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

प्रकृतिकपूजक किराँत समुदायले शनिबार उभौली पर्व मनाएका छन्।

प्रत्येक वर्ष चण्डिपूर्णिदेखि किराँतले भव्य रूपमा किराती रितिअनुसार भूमिपूजा गरी उभौली चाड चण्डी नाँच नाँच्दै एक महिनासम्म मनाउने गर्छन्।

उभौलीका अवसरका ललितपुरको हात्तीवनमा साकेला चण्डी नाचको आयोजना गरिएको थियो।

किराँतीहरू प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष यो पर्व मनाइन्छ। किराँतहरूको यो पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ। यो पर्व ऋतु परिवर्तनको संकेत दिने पर्व पनि हो।

वसन्त ऋतुमा पर्ने उभौलीमा साकेला चण्डी नाँच नाचिन्छ । नाँचमार्फत् प्रकृतिको आराधना गर्ने गरिन्छ। चण्डी नाँच नाचिने भएकाले यो दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ।

यो दिनलाई सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिन पनि भन्ने चलन छ। उभौली पर्व मौसमसँग सम्बन्धित छ। अन्नबाली सप्रियोस्, खाद्यान्नको कमी नहोस् र सुखशान्ति प्राप्त होस् भन्ने उद्देश्यका साथ यो पर्व मनाउने गरिन्छ। किराँत जातिले वैशाख शुक्ल पूर्णिमादेखि १ महिनासम्म यो पर्व मनाउने गर्दछन्।