संविधान विपरित प्रेस स्वतन्त्रता विरोधी कानुन पारित हुँदैनः दिनानाथ शर्मा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ ४

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्माले संविधान विपरित र प्रेस स्वतन्त्रता विरोधी कुनैपनि विद्येयक राष्ट्रिय सभाबाट पारित नहुने आश्वासन दिएका छन्।

यद्यपी शर्माले उक्त विद्येयक राष्ट्रिय सभामा नआएको बताए। जबकी सरकारले मन्त्रिपरिषद्बाट पारित गरी संचार तथा सूचना प्रविधि मन्त्रालयमार्फत मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय सभा सचिवालयमा वैशाख २७ गते दर्ता भएपछि त्यसमा राखिएका प्रावधानविरुद्ध पत्रकार तथा विभिन्न पेशमा आबद्ध व्यक्तिहरुले विरोध गर्दै आइरहेका छन्।

रिपाेर्टर्स क्लबमा शनिबार बाेल्दै शर्माले भने, ‘यो विद्येयक राष्ट्रिय सभाको सम्पत्ति भएको छैन्। अहिले नै यसबारेमा यस्तो किसिमको चर्चा तथा परिचर्चा गर्न आवश्यक छैन्। विद्येयकमा कुनैपनि वाक्यमा प्रेसलाई कुण्ठित गर्ने, वञ्चित गर्ने र संकुचन गर्ने खालेको आयो भने हामी त्यसलाई पारित नै गर्दैनौं।’

संविधानको मुल्य र मान्यताअनुसारनै विद्येयक आउनुपर्ने उनको जोड थियो। तर, विद्येयक आउनु बेठिक नभएको उनले दाबी गरे।

प्रमुख प्रतिपक्षी दल र पत्रकारहरुले विद्येयकका बारेमा कुरा उठाउनु बेठिक नभएको पनि उनले तर्क गरे। उनले भने, ‘संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ। त्यही भएर यसलाई ठूलो ईस्यु बनाउनुहुँदैन्’ भन्ने अस्पष्ट अभिव्यक्ति दिए।

शर्माले मिडियापनि मर्यादित बन्नुपर्ने सुझाए। उनले भने, ‘नेपाली समाजलाई समुुन्नत समाज निर्माण गर्न मिडियाको ठूलो भूमिका हुन्छ। सबै मिलेर अघि बढ्नुपर्छ।’ संविधान विपरितका कुनैपनि ऐन तथा कानूनहरु पारित नहुने उनले ठोकुवा गरे।

शिक्षा क्षेत्रमा ठूलो विकृति, अराजकता र भद्रगोलको अवस्था रहेकोले यसलाई सुधार गर्नु आजको आवश्यकत्ता रहेको पनि शर्माको भनाई छ।

उनले भने, ‘विश्वविद्यालय ऐन आएको होइन, यो संशोधन गरिएको हो। शिक्षा ऐन आएको छैन्। शिक्षा क्षेत्रलाई अब व्यवस्थित गर्नुपर्छ।’

वर्तमान सरकार निरंकुशतातर्फ अग्रसर नहुने पनि उनले जिकिर गरे। उनले भने, ‘यदि मुलुकमा साँच्चिकै विकासको बहसमा जान जरुरी छ भने शिक्षा र यातायातमा भएको अराजकतालाई व्यवस्थित गर्नुपर्छ।’ अन्तर्राष्ट्रिय लोकतान्त्रिक मूल्य र मान्यताबाट कोहीपनि विचलित हुन नहुने उनको धारणा छ।

मुलुकमा अहिले भ्रष्टाचार व्याप्त रहेको उनले सुनाए। भ्रष्टाचारीहरुलाई कारबाहीमा ल्याउनुपर्ने उनले माग गरे। उनले भने, ‘भ्रष्टाचारबारे अनुसन्धान हुनुपर्छ। सत्य तथ्य बाहिर लयाउनुपर्छ। सरकारले अब हिम्मत गर्नुपर्छ। यो सरकार अहिले लागिपरिरहेको छ।’