त्रिशूलीमा यात्रुबस खस्यो, पाँचको मृत्यु, २९ घाइते

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
धादिङ, जेठ ५

झापाको कांकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबस धादिङमा दुर्घटना हुँदा पाँच जनाको निधन भएको छ।

आइतबार बिहान झापाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४३८७ नम्बरको बस धादिङकोे गजुरी गाउँपालिका वडा नम्बर ६ स्थित बन्छेटारबाट त्रिशूली नदीमा खसेको थियो। उक्त दुर्घटना चार जनताको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार, दुर्घटनामा अन्य २९ जना यात्र घाइते भएका छन्।

मृत्यु हुनेमा चन्द्रागिरि ननगरपालिका निवासी ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी, काठमाडौं थानकोटका ५१ वर्षीय राजकुमार सुवेदीको सनाखत भएपनि अन्य दुर्ईको सनाखत हुन बाँकी छ।

दर्घटनामा परी घाइते भएकाहरुको उद्धारका लागि नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन्।