असारदेखि मोटरसाइकलपछि बस्नेलाई पनि हेलमेट अनिवार्य

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ ५

काठमाडौं उपत्यकाबाट ३ पाङ्ग्रे र सार्वजनिक साना सवारी हटाउने तयारी गरिएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे टेम्पो र सानो आकारको माइक्रोको संख्या बढी भएकाले उपत्यकाको ट्राफिक व्यवस्थापन असहज भएपछि यस्ता सवारी हटाउने तयारी गरिएको जनाएको हो ।

पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख तथा एसएसपी वसन्त पन्तले सहज सार्वजनिक यातायात र ट्राफिक व्यवस्थापन चुस्त राख्न साना सार्वजनिक सवारी हटाएर ठूला सवारी भित्¥याउने सरकारको नीतिअनुसार त्यस्ता सवारी सञ्चालनमा रोक लगाउने तयारी गरेको बताए ।

असारदेखि मोटरसाइकलपछि बस्नेलाई पनि हेलमेट अनिवार्य

काठमाडौं उपत्यकाबाट ३ पाङ्ग्रे र सार्वजनिक साना सवारी हटाउने तयारी

Posted by Himal Dainik on Sunday, May 19, 2019

हाल एउटै रुटमा साना र ठूला सवारी साधन सञ्चालन हुँदा ट्राफिक जामको समस्या बढेको एसएसपी पन्तले बताए । महाशाखाले सार्वजनिक सवारी र यातायातमा सुधार ल्याउन ३ महिनादेखि सञ्चालन गरिरहेको अभियानका क्रममा उपत्यकाका विभिन्न स्थानमा सवारीको धुँवा परीक्षण गरिरहेको जनाएको छ ।

महाशाखाले आर्थिक बर्ष २०७५÷७६ बैंशाख मसान्तसम्म तीन लाख ८४ हजार चालकलाई बिभिन्न कसुरमा कारवाही गरको जनाएको छ । महाशाखा प्रमुख पन्तले सवारी साधनको अवस्थाका बारेमा पनि महाशाखले निगरानी गरिरहेको बताए।

यसैबीच ट्राफिक महाशाखाले असारदेखि लागु हुनेगरी मोटरसाइकलको पछि बस्नेलाई पनि हेलमेट अनिवार्य गरिएको जनाएको छ ।सडक दुर्घटनामा चालकलाई भन्दा पछि बस्नेको ज्यान जाने खतरा बढी देखिएकाले यस्तो व्यवस्था गर्न लागिएको पन्तले बताए।