एफ ए कप जितेर खुशी दिएलगत्तै कम्पनीले दिए आफ्ना समर्थकलाई यस्तो झड्का!

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ ५

बेल्जियन फुटबल खेलाडी तथा म्यानचेस्टर सिटीका क्याप्टेन विन्सेन्ट कम्पनीले आफ्ना फ्यानलाई ठुलो झट्का दिएका छन्।

शनिबार राती भएको एफ ए कप फाइनलमा वाटफर्डलाई ६ सून्य गोल अन्तरले पराजित गर्दै शानदार जित निकाल लगत्तै उनले एकाएक कल्ब छोड्ने घोषणा गरेर आफ्ना समर्थकलाई झट्का दिए।

म्यानचेस्टर सिटीले एफ ए कप जीतको खुशीयाली एक दिन पनि मनाउन नपाउँदै कम्पनीले क्लब छोड्ने घोषणा गरेपछि फुटबल खेल प्रेमीमा अनेक शंका आशंकाले डेरा जमाएको छ।

म्यानचेस्टर सिटीले आफ्नो आधिकारिक वेब साइट मार्फत कम्पनीले गरेको घोषणालाई पुष्टि गरेको छ।

३३ बर्षीय कम्पनीको सिटीका लागि खेलिएका खेलमा यस वर्ष पनि उत्कृष्ट प्रदर्शनको वर्ष रह्यो।

यस वर्षको इंगलिस प्रिमिएर लिगमा उनले २४ खेल खेलेका थिए, जसमा यो वर्षको उत्कृष्ट प्रदर्शनको रुपमा मे ६ मा लिसेस्टरसंगको खेलमा गरेको त्यो एक निर्णायक गोल थियो।

सन् २००८ मा सिटीमा प्रवेश गरेका कम्पनीले सिटीबाट ३६० खेल खेलेका छन्।

एघार बर्ष लामो यात्रामा उनले २० गोल गरेका छन् भने ४ प्रिमियर लिग, दुई एफ ए कप, चार ई एफ एल कप र दुई कम्युनिटी सिल्ड उचाल्न सफल भएका थिए।

उनी आफ्नै देश बेल्जियमको एन्डरलेक क्लबको प्रशिक्षक तथा खेलाडीमा नियुक्त भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन्।