अपराधीलाई समात्न टोखामा चलाइयो गोली

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौँ जेठ ६

काठमाडौँको टोखामा आज बिहान गोली चलेको छ।

गुण्डागर्दीमा सक्रिय रहेकाे आराेप लागेका सिन्दुपाल्चाेकका विष्णु लामा उर्फ कालेलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।

प्रहरी एसएसपी सहकुल थापाका अनुसार कालेलाई टोखाबाट नियन्त्रणमा लिने क्रममा उनले उल्टै प्रहरीमाथि नै हमला गरेपछि उनलाई नियन्त्रणामा लिनेक्रममा घुँडामुनि गोली प्रहार गरिएको थियो।

उनले प्रहरीलाई पेस्तोल देखाएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउन परेको एसएसपी थापाले बताए।

उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ।