सत्तारुढ दलकै मुख्य सचेतक गुरुङ भन्छन्ः संयुक्त सैन्य अभ्यासले राष्ट्रिय अस्मितालाई कहाँ पुर्याउँछ?

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ ७

वर्तमान सरकारको नेतृत्वमा देशको राष्ट्रियता बलियो भएको दाबी सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले गरिरहेकै बेला स्वंय सत्तारुढ दलका मुख्य सचेतक देवप्रसाद गुरुङले भने उक्त दाबीप्रति गम्भिर प्रश्न उठाएका छन्।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सून्य समयमा बोल्दै मुख्य सचेतक एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता गुरुङले जेठ ५ गतेदेखि पोखरमा अमेरिकी सेना र नेपाली सेनाका साथै अन्य ६ मुलुकका सेना गरी २२० जनाबीचको संयुक्त सैन्य अभ्यास विपद् व्यवस्थापनको नाममा सुरु भएको विषयमा गम्भिर प्रश्न उठाए।

राष्ट्रियताको सवालमा सरकारले गरिरहेको दाबीलाई खण्डित गर्दै गुरुङले भने, ‘नेपालको राष्ट्रियता संकट परिराखेको अवस्था र शक्ति राष्ट्रहरुबीच टकराव परिराखेको अवस्थामा यसप्रकारको सैन्य अभ्यासले नेपालको राष्ट्रिय अस्मितालाई कहाँ पुर्याउँछ?’

आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकार र त्यस मातहतका निकायले यसबारे मौन स्वीकृति दिइरहेको अवस्थामा गुरुङले सदनको ध्यानाकर्षण गराउनुको साथै सभामुखमार्फत परराष्ट्र र रक्षा मन्त्रालयको पनि ध्यानाकर्षण गराउँदै सचेत गराए।