अन्तर्राष्ट्रिय/राष्ट्रिय अनुभव र अभ्यासलाई ध्यान दिएर निजामति ऐन परिमार्जन हुन्छः पण्डित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
lalababu_himaldanik
हिमाल दैनिक
काठमाडौं, जेठ ७

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अन्तर्राष्ट्रिय अनुभव र हाम्रा असल अभ्यासका आधारमा निजामती ऐनलाई समयसापेक्ष तुल्याइने बताएका छन्।

मंगलबार सङ्घीय निजामती सेवा गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले ऐनमार्फत् नै निजामती प्रशासनमा सुधारको प्रयास गरिएको बताए।

द्रुतगतिमा सुधारको काम अघि बढाइएको र हिजोका राम्रा पक्ष पनि नरहने, नयाँ परिणाम पनि हात नलाग्ने ढङ्गबाट आवेषमा आएर ऐन बनाइनु नहुने उनको भनाई छ।

उनले निजामती सेवामा प्रवेशपछि अर्काे परीक्षाको तयारीका लागि पढ्ने परिपाटीले लक्षित उद्देश्य प्राप्त गर्न र परिणाम दिन नसकेको अवस्था अन्त्य हुनुपर्नेमा जोड दिए।

बैठकमा सांसदहरुले कर्मचारीको पदोन्नति कार्य परिणामका आधारमा हुने व्यवस्था बनाउन सल्लाह दिए। स्थायी प्रकृतिको सरकारी सेवाको रुपमा रहेको निजामती सेवामा अब खुल्ला प्रतिस्पर्धा, आन्तरिक र करारका माध्यमबाट कर्मचारी छनोटको व्यवस्था राख्न पनि उनीहरुको सुझाव छ।