दायित्व र जिम्मेवारीबाट कहिल्यै पनि पछि हटेकाे छैनाैँः मेयर शाक्य

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ ८

काठमाडौ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले दायित्व र जिम्मेवारीबाट कहिल्यै पनि महानगर पछि नहटेको स्पष्ट पारेका छन्।

महानगरले बुधबार काठमाडौंमा आयोजना गरेको फोहरमैलाले जलवायु परिवर्तनमा पार्न सक्ने प्रभाव र न्युनिकरण सम्बन्धी कार्यशाला गोष्ठिमा उनले काठमाडौ महानगरको बारेमा केहि विरोधको स्वर आएको भन्दै दायित्व र जिम्मेवारीबाट कहिल्यै पनि महानगर पछि नहटेको र आफ्नो जिम्मेवारी अनुरुप नै महानगर अघि बढेको धारणा राखे।

शाक्यले सरोकारवाला र स्थानीयलाई पनि साथमा लिदै स्थानीय तहको वातावरण सुधारमा लागेको जिकिर गरे। उनले काठमाडौ महानगरभित्र ट्राफिक जाम हटेको र प्रदुषण पनि कम हुदै गएको दाबी गरे ।

कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्कीले काठमाडौको फोहरमैला व्यवस्थामा महानगर गम्भीर भएको भन्दै बिभिन्न बिकल्पका साथ फोहर बिसर्जनको काम अघि बढाइएको बताइन्।