५० वर्षीय लागू औषध कारोबार सञ्चालक महिला पक्राउ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ ८

आफ्नो घरबाट लागू औषध कारोबार सञ्चालन गर्दै आइरहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ वडा नम्बर १६ बस्ने ५० वर्षीया साबित्री श्रेष्ठ रहेकी छिन् । लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठलाई नियन्त्रित मनोद्विपक लागू औषध डाईजेपाम ६७० एम्पुल, बुप्रेनोर्फिन ५६१ र फेनारगन ५६० एम्पुल गरी जम्मा १७११ एम्पुल र लागू औषध बिक्रि वितरण गरी संकलन गरिएको एक लाख ४१ हजार रुपैयाँ सहित प्रहरीले नयाँ बसपार्कबाट पक्राउ गरेको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा श्रेष्ठले विगत ६–७ वर्षदेखि नियन्त्रित लागू औषध भारतीय सीमा नाकाबाट मगाउने र आफ्नै घरबाट लागू औषध सेवन कर्ताहरुलाई बिक्रि वितरण गर्ने गरेको खुलेको एसएसपी बसन्त लामाले जानकारी दिए।

श्रेष्ठका २ छोरा समेत लागू औषध सेवनकर्ता रहेको खुल्न आएको छ । उनका एक छोरा ३५ वर्षीय र अर्को छोरा २४ वर्षका रहेका छन् । आमाले कारोबार गर्न थाले पछि छोराहरुले लागू औषध सेवन सुरु गरेको प्रहरीको भनाई छ । उनीहरु पनि कारोबारमा संलग्न थिए ।