राहुल गान्धीलाई स्मृतिको दनक, स्मृति ५७०० भोटले अघि

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
२०७६ जेठ ९ गते

भारतमा केहि समयअघि सात चरणमा सम्पन्न भएको लोक-सभा चुनाबको मत-गणना बिहिबार बिहानबाट सुरु भएको छ।

अहिले बिहान ९ बजेसम्मको गणनामा सत्तारुढ गठबन्धनले अग्रता लिएको छ।

काँग्रेसका अध्यक्ष राहुल गान्धीलाई भारतीय जनता पार्टी(बि जे पी)कि स्मृति इरानीले ५७०० भोटले पछि परेकी छिन्। राहुलको गण अमेठिमा स्मृतिले राहुललाई टक्कर दिएकी छिन्।

पछिल्लो चुनाबमा स्मृति एक लाख सात हजारले राहुल संग हारेकी थिइन्। गान्धी परिवारका गणका रुपमा लिएकी अमेठिमा स्मृतिले फराकिलो अन्तरले अग्रता लिएकी छिन्।

तर वानादमा भने राहुल गान्धीले ५,५१० सिटले अग्रता लिएका छन्। सन् २०१४ को चुनाबमा अमेठिबाट राहुलले स्मृति इरानीलाई हराएका थिए।

९ बजे सम्म को मत गणना अनुसार तिरुवनंतपुरमबाट शशि थारूरले अग्रता लिएका छन्।

गान्धीनगरबाट बिजेपीबाट चुनाब लडेका अमित शाह २५,००० सिट ले अग्रता लिएका छन्।

त्यस्तै पूर्व दिल्लीबाट गौतम गम्भीरले अग्रता लिएका छन्।

राय-बरेलीबाट सोनिया गान्धीले अग्रता लिएकी छिन्।

बिहारबाट बिजेपी २४ सिटले अघि छ।

बहुमतका लागि कुल कुल ५४३ सिटमध्ये २७२ सिट आवश्यक पर्दछ।