भारतीय लोकसभा निर्वाचनमा मोदीको जादूले सुनामी

अमिठीमा राहुल भन्दा स्मृति इरानी अगाडि, रायवरेलीमा भने सोनीयाको अग्रता कायम

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ ९

भारतमा सम्पन्न लोक सभा निर्वाचनको प्रारम्भिक मतगणनामा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले पाँच वर्षअघिको नतिजा भन्दा अझै राम्रो परिणाम प्राप्त गर्ने संकेत दिएको छ।

सात हप्ता लगाएर सात चरणमा सम्पन्न ५ सय ४२ सिटका लागि भएको निर्वाचनको बिहीबार बिहान स्थानीय समय अनुसार ८ बजेबाट सुरु भएको मतगणनामा अहिलेसम्म सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले ३ सय ४० सिटमा अग्रता लिएको छ।

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी नेतृत्वको गठबन्धनले सन २०१४ को तुलनामा केहि सुधार गरेपनि अपेक्षाकृत परिणाम भने पाउन सकेको छैन।

बिहान ११ बजेसम्मको मतगणनाको परिणाम अनुसार, भाजपा एक्लैले २८८ सिटमा अग्रता लिएको छ। अघिल्लो चुनावमा भाजपाले २८२ सिट जितेको थियो।

राहुल गान्धीको पार्टीले अघिल्लो चुनावभन्दा १० सिट अर्थात ५४ सिटमा अग्रता लिएको छ। कांग्रेस गठबन्धनले अहिलेसम्म १०२ सिटमा अग्रता राख्न सफल भएको छ भने अन्यले ११३ सिटमा अग्रता लिएको छ।

भारतीय चुनाव विश्लेषकले भाजपाको गढका रुपमा परिचित उत्तरप्रदेशमा अघिल्लो चुनावको तुलनामा यसपटक भारी संख्यामा कटौति हुन सक्ने अड्कलवाजीलाई असत्य बनाउँदै ५८ सिटमा अग्रता लिएको छ। जुन अभिल्लो भन्दा जम्मा १४ सिटले कमि हो। अखिलेश यादव र मायावतीकाे महागठबन्धनले उत्तरप्रदेशमा अपेक्षा गरे अनुसारकाे परिणाम पाउन सकेकाे छैन।

त्यसैगरी ४२ सिट रहेको कोलकतामा भाजपाले अघिल्लो भन्दा अत्याधिक राम्रो प्रदर्शन गर्दै १६ सिटमा अग्रता लिएको छ भने मुख्यमन्त्री ममता बनर्जीको टिएमसीले २५ सिटमा अग्रता लिएको छ।

अहिलेसम्म प्रधानमन्त्री मोदी वनारसमा भारी मतले अगाडी रहेका छन् भने गान्धीनगरबाट भाजपा अध्यक्ष अमित शाह पनि एक लाख मतले अग्रता लिएका छन्।

तर, राहुल गान्धी पख्र्यौली पकड रहँदै आएको अमिठीमा झिनो मतले भाजपाकी स्मृति इरानीभन्दा करिब ४ हजार मतले पछाडि परेका छन्। गान्धी वायनाडबाट भने अगाडी रहेका छन्।