भारतमा फेरी एक बार मोदी सरकार

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ ९

भारतमा सम्पन्न लोक सभा निर्वाचनको प्रारम्भिक मतगणनामा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धन जीतको नजिक पुगेको छ।

चार बजे सम्मको मतगणना अनुसार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले तीन सय छयालिस सीटले अग्रता लिएको छ। अहिलेसम्म को मत गणना अनुसार सत्तारुढ गठबन्धनले बहुमत साथ अघि बढेको छ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतका प्रधानमन्त्री मोदी र उनका पार्टीलाई बधाई दिएका छन्। ट्वीटर मार्फत ओलीले सफल कार्यकालका लागि शुभकामना दिएका छन्।

 

भाजपा जीतको नजिक देखिएपछि भारतीय प्रधानममन्त्री मोदीले फेरी एकचोटी जीत हासिल भएको बताउदै सबैलाई बधाई दिएका छन्।

अहिले भाजपा कार्यलयमा खुसीको माहोल छ। पार्टी अध्यक्ष अमित शाह केन्द्रिय कार्यलय पुगेका छन्। केहि समयमा प्रधानमन्त्री मोदी पनि पार्टी कार्यलय पुगेर जीतको उत्सव मनाउने भारतीय संचार मध्यमले दिएका छन्। कांग्रेसका अध्यक्ष राहुल गान्धीले केहि समयमा पत्रकार सम्मलेन गर्ने बताइएको छ।

सन् २०१४ को चुनावमा बहुत हासिल गरको बि जे पीले अहिले पनि फेरी बहुत हासिल गरेर ५ बर्ष पूर्ण सत्ता समाल्ने छन्।