हार स्वीकार्दै राहुलले दिए मोदीलाई बधाई, कार्यकर्तालाई धैर्य रहन आग्रह

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले हालै सम्पन्न लोकसभा चुनावमा जनताले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीलाई जिताएको भन्दै हार स्वीकार गरेका छन्।

मतगणनाको प्रारम्भिक नतिजामा अत्याधिक बहुमतले मोदी गठबन्धन अगाडि रहेको बेला नयाँ दिल्लीस्थित पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गर्दै राहुल गान्धीले जनतालाई मालिक भन्दै मालिकले भोट दिएको बताउँदै यसमा प्रधानमन्त्री मोदी र उनको पार्टी भाजपालाई जीतका निम्ति बधाई समेत दिए।

आजको दिनलाई निर्णायक दिनको संज्ञा दिँदै उनले भारतीय जनताले आफ्नो अभिमत मोदीलाई दिएको भन्दै जीतका लागि मोदीलाई धेरै धरै बधाई दिए। चुनावमा आफ्नो पार्टीका उम्मेदवार र कार्यकर्ताले ठूलो मेहनत गरेको बताउँदै त्यसका निम्ति पनि उनीहरुलाई राहुलले धन्यवाद दिए।

उनले यो चनाव विचारको लडाइ भएको बताउँदै यो परिणामबाट कायकर्तालाई हतास नहुन र धैर्य गर्न पनि आग्रह गरे। पार्टीको नेतृत्वको सफलता लगायतका विषयमा उनले पार्टी केन्द्रीय कार्यसमिति बैठकले निर्णय लिने पनि बताए। मोदीसँगको सम्बन्धको विषयमा उनले आफूलाई मोदीले जे सुकै भनेर गाली गरे अथवा जे जस्तो व्यवहार गरेपनि आफू उनलाई प्रेम पूर्वक व्यवहार गर्ने बताए।