सर्मनाक हार पश्चात राहुलले अध्यक्ष पदबाट राजीनामा दिए!

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
२०७६ जेठ ९ गते

भारतीय लोकसभा चुनावमा लज्जास्पद पराजय व्यहोर्न बाध्य भएपछि भारतीय राष्ट्रिय कांग्रेस अध्यक्ष राहुल गान्धीले निर्वाचनमा हारको जिम्मेवारी लिँदै पदबाट राजनीनामा दिएको भारतीय संचार माध्यमले जनाएका छन्।

चुनावको प्रारम्भिक नतिजा आउँदै गर्दा प्रारम्भिक नतिजामा भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीले अत्याधिक बहुमत स्थानमा जित्ने बलियो आधार देखेपछि महासचिव एवं बहिनी प्रियंका गान्धीसँग भेटेपछि पदबाट राजीनामा दिएको बताइएको छ।

उनले आफ्नो राजीनामा पत्र पार्टीकी शीर्ष नेता एवं पूर्वअध्यक्ष सोनिया गान्धीलाई दिएको बताइएको छ। आफ्नो राजीनामा पत्रकोबारेमा भने राहुलले पत्रकार सम्मेलनमा केहि बोलेनन्। यसैबीच प्रियंका गान्धीले मोदी र भाजपालाई बधाई दिएकी छिन्।