भारतीय प्रम मोदीले आफ्नो नामबाट हटाए चौकीदार

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
२०७६ जेठ ९ गते

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटर ह्याण्डलबाट ‘चौकीदार’ शब्द हटाएका छन्।

लोकसभा निर्वाचनको सुरुवाती दिनदेखि नै विपक्षी दलका नेता राहुल गान्धीले मोदीविरुद्ध अभियानकै रुपमा ‘चौकीदार चोर है’ भन्दै आक्रमण गरेपछि मोदीले त्यसको बदलामा आफ्नो नामको अगाडि चौकीदार राखेर सामाजिक संजालमा नयाँ ट्रेण्ड चलाएका थिए।

जसलाई मोदी समर्थक पार्टीका नेतादेखि सरकारका मन्त्रीसम्मले आफ्नो नामको अगाडि चौकीदार राखेका थिए। चुनावको मतगणनामा जनताले अत्याधिक मत दिएर जिताएपछि मोदीले बिहीबार साँझ आफ्नो ट्वीटरबाट उक्त शब्द हटाएका हुन्।