चुनाव भाजपाको जित इमान्दारिता र आत्मसम्मानको जितः प्रम मोदी

सबैलाई मिलाएर लोकतन्त्र बलियो बताउँदै भारतको संमृद्धिमा अघि बढ्ने सार्वजनिक प्रतिबद्धत व्यक्त

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ ९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज भएको मगणना परिणाममा आफू र आफ्नो पार्टीको जियलाई आफ्नो नेतृत्वमा रहेको सरकारको इमान्दारीता र सबै जनताको आत्मसम्मान, आत्म गौरवको विजय भएको बताए।

हालै सम्पन्न लोकसभा निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजामा अत्याधिक बहुमत प्राप्त गरेपछि बिहीबार साँझ पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गर्दै मोदीले भने, यो मोदीको विजय होइन इमान्दारीको विजय, आत्मसम्मान, आत्मगौरवको विजय, यो विजय पसिना बहाउने किसानको विजय भएको बताए। मजदूरको, घरविहिनको विजय हो जसको अब २२ सालभित्र पक्की घर हुने छ।

साँझ ढिलो गरी भएको कार्यक्रममा पानी पर्दा पनि उपस्थित भएको विशाल संख्यामा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै उलने आज स्वयं इन्द्र भगवान पनि खुशी भएर त्यस विजय सभामा सहभागी भएको बताए।

उनले लोकसभाको जनादेश नयाँ जनादेश भएको बताउँदै देशका कोटी कोटी नागरिकले मत दिएकोमा उनीहरुलाई शिर निहुर्याएर नमन गरे।

साथै उलने लोकतान्त्रिक विश्वमा २०१९ को निर्वाचनमा आएको आँकडाले विश्वको ध्यान केन्द्रीत र भारतीय जनता लोकतान्त्रिक व्यवस्थाप्रति कति प्रतिबद्ध छन् भन्ने सदन्देश दिएको दाबी पनि गरे।

देश स्वतन्त्र भएपछि पहिलो पटक सबैभन्दा बढि मतदान त्यो पनि प्रचण्ड गर्मीमा पनि भएको बताउँदै उनले यो भारत र भारतीय जनताको लोकतन्त्रप्रतिको प्रबद्धता पूरै विश्वमा नमूना भएको बताए।

यो आउने पुस्ताको लागि पनि लोकतन्त्रप्रति प्रेरणाको स्रोत बन्ने उनको दाबी थियो।

उनले महाभारतको युद्ध समाप्त भएपछि सबै प्रश्नको जवाफ भगवान कृष्णले दिएजस्तै चुनावी अभियानमा उठेका सबै प्रश्नको जवाफ जनताले मतदानबाट दिएको पनि बताए।

लोकसभा निर्वाचनको परिणामले हर्षित बनेका कार्यकर्तालाई बधाई दिन पुगेका नरेन्द्र मोदी र अमित शाहको जोडी पार्टी मुख्यालयमा

Posted by Himal Dainik on Thursday, May 23, 2019

भारतका समान्य नागरिकमा पनि देशको उज्वल भविश्यको भावना रहेको बताउँदै उनले यो चुनावमा आफू र आफ्नो पाटीृ नभई स्वयं जनता लडेको बताए।

पाँच वर्षअघि आफूलाई नजानी र नबुभीपनि मत दिएर जिताएको बताउँदै यसपटक सबैले आफूलाई बुझेर मत दिएको दाबी गर्दै जनताको भावनाले जनताजनार्दन र लोकतन्त्र विजय भएको भन्दै त्यो विजयलाई नम्रतापूर्वक जनताको चरणमा सुम्पिएको बताए।

उनले सबै विजेतालाई बधाई दिँदै सबै देशको उज्वल भविश्यका लागि आएको आउने दिनमा देशको सेवा गर्ने बताए।

उनले कुनै बेला दुई सिट हुँदा पनि निराश नभएको अहिले दोस्रो पटक विजयी हुँदा पनि संयमित हुने बताए।

३० वर्षदेखि सेकुलरिज्मको नकावमा देशलाई गुमराह गरिरहेको बताउँदै यो चुनावले त्यी शक्तिलाई वेनकवा गरेको दाबी गरे।

विगतका चुनावमा सबै सरकार भ्रष्टाचारको आरोपमा चुनाव लडेपनि आफ्नो सरकारलाई यो आरोप नलागेको दाबी गरे। अब देशमा दुई मात्रै जाती रहेको सन्देश दिएको गरिव र गरिवीबाट मुक्ति दिलाउन चाहने एकजुट गरी अघि बढ्ने बताए।

पाँच सालका लागि प्राप्त प्रचण्ड जनमतले विश्व चकित भएको बताउँदै १९४२ देखि १९४७ मा महात्मा गान्धीले जहि तहि स्वतन्त्र भारतको नारा लगाएर सफल गराएजस्तै अबको पाँच वर्ष देशको संमृद्धिको नारा लगाएर यसलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनले चुनावमा कसले के भन्यो त्यो आफूलाई कुनै ठूलो नभएको बताउँदै सबैलाई संविधानको भावना र लोकतन्त्रको मान्यता बमोजिम एक गराएर अघि बढ्ने बताए।

उनले यो चुनावमा एक फकिरको झोली भरिदिएको बताउँदै उनले जनताको आशा, आकांक्षा र सपना पूरा गर्ने बताए। अघिल्लो चुनावमा आफूलाई नजानी नबुझी विश्वास गरेर मत दिएको र यसपटक जानेर, बुझेर दायित्व र भरोसा दिएर जिम्मेवारी बढाएको बताए।

‘यो मेरो बाधा, संकल्प र समर्पण हो आउने दिनमा बदनियतले कुनै पनि काम नगर्ने बचत बद्धता व्यक्त गरे। काम गर्दा गल्ती हुन सक्ला तर, बदनियतले काम नगर्ने बताए। जनताले यति ठूलो भरोसा र विश्वास गरेको त्यो मर्न नदिने र आफ्नो समय र शरिरको प्रत्येक कण देशवासीका लागि हुनेछ,’ उनले सार्वजनिक प्रतिबद्धता व्यक्त गर्दै भने।

स्थानयि समय अनुसार सात बजे पार्टी मुख्यालय पुगेका मोदीलाई भारतीय जनता पार्टीका अध्यक्ष तथा चुनावी अभियानका मुख्य योजनाकार अमित शाहले स्वागत गरेका थिए। उनीहरुलाई कुरेर बसेका पार्टी कार्यकर्तालाई मोदी र शाहको जोडीले विजयको सिम्बोल देखाउँदै अभिनन्दन गरेका थिए।

नेता कार्यकर्तालाई सम्बोधन गर्दैै अध्यक्ष अमित शाहले यो जीतलाई ऐतिहासिक जीत भएको बताउँदै भाजपा नेता मोदीलाई पुनः प्रधानमन्त्री बनाउन ५० प्रतिशत भन्दा बढि मत दिएको बताए।