नरेन्द्र मोदी र शाहलाई दिए देउवाले बधाई तथा शुभकामना

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ १०

भारतमा सम्पन्न लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र त्यसको नेतृत्वमा गठित सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीको अभूतपूर्व सफलताका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा आगामी कार्यकालको शुभकामना दिएका छन्।

हालै सात चरणमा सम्पन्न निर्वाचनको बिहीबार बिहानदेखि सुरु भएको मतगणनामा भाजपा नेतृत्वको सरकारका प्रधानमन्त्री मोदी र उक्त पार्टीका अध्यक्ष अमित शाहलाई बेग्लाबेग्लै पत्र पठाएर देउवाले निर्वाचनमा पाएको सफलताका लागि बधाई तथा शुभकामना दिएका हुन्।

पार्टीले जारी गरेको विज्ञप्ति अनुसार, देउवाले नेपाल र भारत बीच सदियौँदेखि कायम रहेको पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जानुका साथै दुबै पार्टी बीचको सम्बन्ध र सहकार्य अझ बलियोे हुने विश्वास समेत व्यक्त गरेका छन्।