चुनावी परिणाम लगत्तै प्रम मोदीले दिए पदबाट राजीनामा

मन्त्रिमण्डल गठन प्रक्रिया सुरु गर्न आफूसँगै सबै मन्त्रीहरुको राजीनामा राष्ट्रपति समक्ष पेश

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ १०

हालै सम्पन्न लोकसभा निर्वाचनमा अत्याधिक बहुमत प्राप्त गर्न सफल भारतीय जनता पार्टीका नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन्।

निर्वाचनको मतगणना परिणाम सार्वजनिक भएलगत्तै शुक्रबार प्रधानमन्त्री मोदीले भारतीय संविधान बमोजिम नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न राष्ट्रपतिसमक्ष पदबाट आफू र आफ्नो नेतृत्वमा रहेका मन्त्रीहरुको राजीनामा पत्र बुझाएका हुन्।

भारतीय राष्ट्रपति कार्यालयको सरकारी ट्वीटरमा उल्लेख भए अनुसार, आजै प्रधानमन्त्री मोदीले राष्ट्रपति रामनाथ कोभिन्दलाई बुझाएको राजीनामा राष्ट्रपतिले स्वीकृत गरी अर्को मन्त्रिमण्डल गठन नहुँदासम्म कार्यभार सञ्चालनको जिम्मेवारी दिएका छन्।

अबको केहि दिनभित्रै भाजपा नेतृत्वको गठबन्धनमा रहेका दलहरुसँगको परामर्श पश्चात प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालका लागि नयाँ सरकारको गठन गरी सत्ता सञ्चालन गर्ने छन्।

* फाेटाे @PIB_India