प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको विरोधीलाई महासंघमा नपठाउँः महासंघ अध्यक्ष

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ ११

सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा आन्दोलनरत नेपाल पत्रकार महासंघ र यसको नेतृत्वले प्रेस स्वतन्त्रतामाथिको कुनै पनि अतिक्रमण आफूहरुलाई स्वीकार्य नहुने बताएको छ।

शनिबार काठमार्डौमा विभिन्न संचार माध्यमा संलग्न सम्पादकहरुसँगको छलफलका क्रममा महासंघले उनीहरुको पनि मागेको थियो।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको विरोध गर्नेहरुलाई पत्रकार महासंघको आगामी नेतृत्वमा ल्याउन नहुने पनि बताए।

प्रेस स्वतन्त्रताकै विरोध गर्नेहरु महासंघको नेतृत्वमा पुगे भने प्रेस र अभिव्यक्ति स्वतन्त्रता धरापमा पर्ने खतरातर्फ सचेत रहन सबैलाई आग्रह गर्दै उलने त्यस्ता व्यक्तिहरुलाई महासंघको नेतृत्वमा ल्याउन नहुने बताए।

उनले सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा पत्रकार महासंघले थालेको आन्दोलन सफल हुने दाबी पनि गरे।

पत्रकार महासंघले अहिले थालेको आन्दोलन सर्वसम्मत रुपमा अगाडि बढेको र यसमा महासंघ एक ढिक्का रहेको आचार्यको भनाई थियो।

कतिपय सत्तारुढ दल र सरकारका पदाधिकारीहरु निकट पत्रकारहरुले मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा महासंघको आन्दोलन राजनीतिक दल विशेषको उद्देश्यले प्रभावित भएको भन्ने आरोपको पनि आचार्यले खण्डन गरे।

उनले महासंघका कुनै पनि जिल्ला समितिहरुले आन्दोलनमा जानु हुँदैन नभनेको भन्दै काठमाडौंमा भन्दा बाहिरी जिल्लाहरुमा बढी पत्रकारको सहभागितामा आन्दोलन भइरहेको जानकारी दिए।

मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा महासंघ दोस्रो चरणको आन्दोलनमा छ।