गठबन्धनको संयुक्त बैठकले छान्यो मोदीलाई सर्वसम्मत नेता

नयाँ कार्यकालको प्रधानमन्त्री बन्ने औपचारिक बाटो खुल्यो, राष्ट्रपतिले कुनै पनि बेला सरकार गठनका लागि बोलाउन सक्ने

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ ११

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वमा रहेको नेश्नल डेमोक्रेटिक एलाइन्सले भाजपा नेता तथा निर्वमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई नयाँ कार्यकालको सरकारको नेतृत्वका लागि सर्वसम्मत चयन गरेको छ।

शनिबार भाजपा संसदीय दलको बैठकले प्रधानमन्त्री मोदीलाई नयाँ सरकारको प्रधानमन्त्री पदका लागि नेता चयन गरेलगत्तै नयाँ दिल्लीमा बसेको गठबन्धनको संयुक्त बैठकमा विभिन्न दलका नेताहरुले मोदीलाई समर्थन जनाएका थिए।

त्यसपछि भाजपा अध्यक्ष अमित शाहले प्रधानमन्त्री मोदीको पक्षमा नवनिर्वाचित ५४२ सदसइ लोकसभामा गठबन्धनको पक्षमा रहेका ३५३ सदस्यले प्रधानमन्त्री पदका लागि समर्थन जनाएको जानकारी दिँदै नयाँ कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरे।

त्यसपछि उक्त बैठकमा भाजपाका पूर्व नेता लालकृष्ण आडवाणीले मोदीलाई पुष्पगुच्छा दिएर बधाई तथा शुभकामना दिएका थिए। उक्त अवसरमा मोदीले पार्टीका शीर्ष नेता आडवाणीको पाउ छोएर आर्शिवाद लिएका थिए।

त्यसैगरी कार्यक्रममा भाजपा नेता मुरलीमनोहर जोशी लगायतका नेताहरुले मोदीलाई नयाँ कार्यकालको सफलताको शुभकामना दिएका थिए।