काठमाडौंको सुकेधारा र घट्टेकुलोमा बम विष्फोटन, ३ को मृत्यु

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

काठमाडौंको सुकेधारा र घट्टेकुलामा बम विस्फोट हुँदा तीन जनाको निधन भएको छ।

विस्फोटमा परी घट्टेकुलोमा एकजना र सुकेधारामा भएको विस्फोटमा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार अपरान्ह ४ः१५ बजे एकैचोटी जस्तो गरी सुकेधारा र अनामनगर नजिकै घट्टेकुलोमा ग्याँस सिलिण्डर पड्कीएको जानकारी प्रहरीले दिएको थियो। तर, घटनास्थलमा पुगेका प्रहरीले स्थानीयले पत्रकारलाई बम विष्फोटन भएको हुन सक्ने बताए।

घट्टेकुलामा बम विस्फोट

काठमाडौंको सुकेधारा र घट्टेकुलोमा बम विष्फोटन, ३ को मृत्यु विष्फाेटन पश्चात एक जना घाइते भागेhttps://himaldainik.com/2019/05/26/63644/

Posted by Himal Dainik on Sunday, May 26, 2019

घट्टेकुलाका स्थानीयले विष्फाेटन पश्चात एक जना घाइते भागेकाे बताएका छन्। उक्त घटना विप्लव समूहका कार्यकर्ताले गरेकाे हुन सक्ने  आशंका प्रहरीले गरेका छ।

तर, घटनामा बम वा सिलिण्डर भन्नेबारे प्रहरीले आधिकारिक पूष्टी गरेकाे छैन।

मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन। सुकेधारामा घाइते ५ जनाको वीर, ओम अस्पतालमा उपचार भइरहेको छ।

स्थानीयका अनुसार एक्कासी विस्फोटको आवाज आएको थियो। घटनाको थप विवरण आउन बाकी छ।