घट्टेकुलोको विष्फोटनमा मृत्यु हुने विप्लव कार्यकर्ता भएको आशंका

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ १२

नेकपा माओवादी विप्लव समूहका कार्यकर्ताले बम बनाउँदै गर्दा काठमाडौंको सुकेधारा र अनामनगर नजिकै घट्टेकुलोमा बम विष्फोटन भएको आशंका सुरक्षा निकायले गरेको छ।

आइतबार दिउँसो दुई ठाउँमा विष्फोट हुँदा तीन जनाको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ। सुकेधारामा दिउँसो एक शैलुनमा विस्फोट हुँदा दुई जनाको मृत्यु भएको थियो।

एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा चावहिलस्थित ओम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। विस्फोटमा परी ६ जना घाइते भएका छन्। कसरी विष्फोट भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुकेधाराको घटनास्थलमा अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली खटिएर उक्त घटनाबारे अनुसन्धान गरिरहेको छ। यस्तै, अनामनगर नजिकै घट्टेकुलोमा एक घरमा भएको विष्फोटन बम बनाउँदै गर्दा भएको हुनसक्ने अनुमान प्रहरीले अनौपचारिक रुपमा गरेपनि आधिकारिक पुष्टी भने गरेको छैन।

घट्टेकुलामा बम विस्फोट

काठमाडौंको सुकेधारा र घट्टेकुलोमा बम विष्फोटन, ३ को मृत्यु विष्फाेटन पश्चात एक जना घाइते भागेhttps://himaldainik.com/2019/05/26/63644/

Posted by Himal Dainik on Sunday, May 26, 2019

विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएर भागेको स्थानीय प्रत्यक्षदर्शीको दाबी छ। मृत्यु हुने नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता भएको प्रहरीको दावी छ।

सो स्थानमा अन्य विस्फोटक पदार्थसमेत रहेको आशंकामा खोजतलास तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। केही शंकास्पद वस्तु रहेको भन्दै प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोली पनि घटनास्थल पुगेको छ।