उपत्यकामा छ्यापछ्याप्ति बम भेटियो

सुरक्षा निकायलाई हाई एलर्टमा रहन गृहको आदेश, आदेश नमान्नेमाथि गाेलि हान्नसक्नेसम्मकाे अधिकार दिइयाे

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ १२

देशकै प्रमुख प्रशासनिक केन्द्र काठमाडौैं उपत्यकाका विभिन्न स्थानमा बम विष्फोट र मानविय क्षति भएपछि सरकारले सुरक्षा सतर्कता बढाएको छ।

आइतबार अपरान्ह अनामनगर नजिकै र सुकेधारामा दुई वटा बम विष्फोट हुँदा चार जनाको मृत्युसँगै ६ जना घाइते भए लगत्तै साझ काठमाडौंसँगै ललितपुरका विभिन्न स्थानमा पनि बम भेटिएको थियो।

साझ ९ बजेतरि ललितपुरमा फेरी दुई स्थानमा बम भेटिएको प्रहरीले जनाएको छ।

ग्वार्कोको गुणसिनेमा र धोबीखोलामा भेटिएको छ भने यो भन्दा पहिला लगनखेल, बालकुमारी र थानकोटमा बम भेटिएको थियो।

चन्द्रागिरीमा आफैले बोकेको बम विष्फोटबाट वर्ष विक्रम लामा र बुद्ध लामा घाइते भएका सुरक्षा निकायले बताएको छ।

उनीहरुसंग तीन थान प्रेसर कुकर रहेको प्रहरीले जनाएको छ। मोटरसाइकलमा लिएर हिँड्दा उक्त बम विष्फोट भएको बताइएको छ। उनीहरु विप्लपका कार्यकर्ता रहेको बताइएको छ।

त्यस्तै घट्टेकुलो र सुकेधारामा करिब चार बजे संग(संगै विष्फोटबाट मर्नेको संख्या चार पुगेको छ।

बिभिन्न ठाउँमा बम विष्फोट भएपछि गृहमन्त्री रामबहादुर थापाले राज्यका तिनै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।

गृहमन्त्री थापाले नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई आकस्मिक बैठकमा बोलाएका थिए।

साँझदेखि नै उपत्यकाभित्र सुरक्षा चेकजाँच कडा पार्नुका साथै उपत्यका प्रवेशका नाकामा पनि सुरक्षा जाँच कडा बनाइएको छ भने देशभरी नै सुरक्षा सतर्कता उच्च राखिएको छ।

सरकारी स्रोतका अनुसार, सुरक्षाकर्मीको आदेश नमान्नेहरुमाथि सुरक्षाकर्मीले गोली प्रहार गर्न सक्नेसम्मको आदेश गृहले दिएको छ।

सुकेधारा बम विष्फोटन:

सुकेधारा बम विष्फोटन

सुकेधारामा भएको विस्फोटमा दुईजनाको मृत्यु

Posted by Himal Dainik on Sunday, May 26, 2019

घट्टेकुलामा बम विस्फोट

घट्टेकुलामा बम विस्फोट

काठमाडौंको सुकेधारा र घट्टेकुलोमा बम विष्फोटन, ३ को मृत्यु विष्फाेटन पश्चात एक जना घाइते भागेhttps://himaldainik.com/2019/05/26/63644/

Posted by Himal Dainik on Sunday, May 26, 2019

यस समन्धि अरु समाचारहरु:

उपत्यकामा छ्यापछ्याप्ति बम भेटियो

घट्टेकुलोको विष्फोटनमा मृत्यु हुने विप्लव कार्यकर्ता भएको आशंका

काठमाडौंको सुकेधारा र घट्टेकुलोमा बम विष्फोटन, ३ को मृत्यु

ग्याँस सिलिण्डर विष्फोटन हुँदा सुकेधारामा २ अनामनगरमा एकको मृत्यु